Monday, May 29, 2017

डिसीमा नेवाः अर्गनाईजेसन अफ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

नेवाः अर्गनाईजेसन अफ अमेरिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ l एनओए को १५ औ बार्षिक सम्मेलनमा नेपाल बाट आउनु भएका नेवा समुदायका अध्येता/अनुसन्धानकर्ता काशिनाथ तमोट तथा त्रिबि का पूर्व उप कुलपति प्रा कमल कृष्ण जोशी सँग अन्तरक्रिया कार्यक्रम राखिएको हो l

उक्त अन्तरक्रिया कार्यक्रममा काशिनाथ तमोटले जीवित देवी कुमारीको बिषयमा बोल्नु भएको थियो भने प्रा जोशी ले शिक्षा कुटनीति सम्बन्धि बोल्नु भएको थियो l दुवै अतिथि तथा वक्ताहरुले बिस्तृतमा आ-आफ्नो बिषयमा जानकारी दिनु भएको थियो l

एनओए को १५ औ बार्षिक सम्मेलनको लागि काशिनाथ तमोट प्रमुख अतिथि तथा प्रमुख वक्ताको रुपमा आउनु भएको थियो भने प्रा जोशी बिशेष अतिथिको रुपमा निम्त्याईएको थियो l प्रमुख वक्ता तमोटले नेपाल बाट ल्याएको दुई शताब्दी मा फेला परेको ईट्टा तथा अन्य बिषयमा जानकारी दिनु भएको थियो l छोटो समयको लागि अमेरिका आउनु भएका अतिथिहरु बाट अझ थप केहि जानकारी प्राप्त होस् भन्ने हेतुले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा जिज्ञाशा समेत सहभागीले राखेका थिए l

कार्यक्रमको सभापतित्व नव निर्वाचित अध्यक्ष बबिता प्रधान श्रेष्ठले गरेकी थिइन् भने भर्खर निवर्तमान अध्यक्ष हुनु राम लाल श्रेष्ठले पनि केहि बोलेका थिए l कार्यक्रममा संस्थाका पदाधिकारी ,सदस्य ,आम्नात्रित अतिथि ,एनपीपीए का सभापति सरोज प्रजापति लगायत वर्ल्ड नेवा अर्गनाईजेसन का अध्यक्ष सिजन श्रेष्ठको पनि उपस्थिति रहेको थियो l

गत मे २७ तारिखका दिन नेवाः अर्गनाईजेसन अफ अमेरिकाको १५ औ बार्षिक अधिवेसन भव्यताको साथ सम्पन्न भएको थियो भने उक्त अधिवेसन मार्फत नया कार्यकारी समितिको समेत चयन गरिएको थियो l उक्त कार्यक्रममा बिबिध कार्यक्रमको आयोजना गर्दै सम्मान कार्यक्रम समेत गरिएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...