Tuesday, May 23, 2017

शिकागोमा अमेरिकीहरुले नेपालको मुक्त कण्ठले प्रशंसा

अमेरिकाको नेपालीहरुको प्रतिष्ठित संस्था दि एसोसियसन अफ नेपलिज इन मिड वेस्ट अमेरिका (एन्मा)ले नेपाल पर्यटन बोर्ड संग को सहकार्यमा अमेरिकाको शिकागोमा एक भब्य कार्यक्रमको आयोजना गरेको छ l

उक्त नेपाली पर्यटन प्रवद्धन सम्बन्धी कार्यक्रममा अमेरिकी राजनितीज्ञ तथा कुटनितिज्ञ तथा बिबिध क्षेत्रमा सक्रिय रहेका अमेरिकनहरुले नेपालीहरु सहयोगी र मिलनसार भएको मुक्त कण्ठले प्रशंसा गर्दै नेपाल सुन्दर देश भएको समेत बताए l उनीहरुले भने एक पटक नेपाल पुगे पछि नेपालले मोहनी लगाउने हुनाले नेपाल जौ जौ लाग्ने बताए l

कार्यक्रममा अमेरिकी सांसदमा शिकागो क्षेत्रबाट प्रतिनिधीत्व गर्ने कंग्रेसम्यान डान्यी डेभिस र ईलिनोईस राज्यका सेक्रेटरी अफ स्टेट जेस्सी ह्वाईटले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलेसी लगायत नेपालको भ्रमण गरेका अमेरिकनहरुका साथै स्थानीय राजनीतिज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व एन्माका अध्यक्ष तथा पर्यटनदुत बाला घिमीरेले गरेका थिए l कार्यक्रममा नेपाल सम्बन्धि बिबिध प्रकारका नेपालको पर्यटन स्थलहरु तथा नेपाली नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

छायाचित्र सौजन्य : बाला घिमिरे/व्हाइट हिमाल टीवी 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...