Monday, May 8, 2017

पानी अभियानमा नेपाली भाषी भुटानीको पनि साथ

साविकको लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि बोरिङ खन्ने काम भएको खबर सुनेर अभियानको नारा चाडै सफल होस् र यस्तो काममा ढिलो हामिले नै गर्नहुन्न भन्दै Delft university technology बाट MSC गरिसक्नु भएका इन्जिनियर एवम भुटनीज कम्युनिटी नेदरल्यान्ड (BCN)का अध्यक्ष नेपाली भाषी भुटानी श्री डि पि मैनालीज्युले रु १० हजार पानी अभियानको खातामा हालिदिएको खबर प्राप्त भएको छ ।

भुटानी नेपाली समुदायबाट पानी अभियानलाई सहयोग गर्ने व्यक्तिहरुमा उहाँ पहिलो हुनुहुन्छ । पानी अभियानको नारा एक दिन विश्वव्यापी बन्नेछ र यो अभियान विश्वभरि प्रभावकारी हुनेछ भन्ने धारणा उहाँले अभियानकर्ता मित्रलाल पार्देसित बताउनु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...