Tuesday, May 9, 2017

एफबिआई निर्देशक जेम्स कोमे निलम्बित (ताजा समाचार )

राष्ट्रपति ट्रम्प द्वारा संघीय बिभाग अन्वेषणका निर्देशक जेम्स कोमे निलम्बित भएका छन् l कोमे निलाबित भएको जानकारी व्हाइट हाउसले दिएको छ l राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई हटाउन महान्यायाधिवक्ता तथा उप महान्यायाधिवक्ता ले गरेको सिफारिसलाई स्वीकृत गरेका छन् l

व्हाइट हाउसका छापा प्रवक्ता सन् स्पाईसर ले एक एक बिज्ञप्ति कोमे निस्कासित भएको जनाएका छन् l उनि निस्कासित लगतै उनको स्थानमा अर्को निर्देशक खोज्न सुरु गरिएको छ भनि फक्स न्युजले लेखेको छ l

उनि आज मंगलबार मे ९ तारिखका दिन निस्कासित भएका हुन् l कोमे ले रसिया तथा ट्र म्प निर्वाचन अभियान को अनुसन्धान पुष्टि भएको बताएका थिए l निर्देशक कोमेले सन् २०१६ को निर्वाचन को ३ हप्ता अगाडी राष्ट्रपति को महिला उम्मेदवार हिलारी क्लिन्टन लाई एफबिआइले पुन अनुसन्धान गर्ने भने हिलारी लाई ठुलो धक्का लग्नु को साथै निर्वाचन समेत हारेकी थिइन् l कोमे ले १ हप्ता अगाडी मात्र हिलारीको अनुसन्धानमा केहि नपाईएको भनेका थिए l

कोमे लाई पूर्व राष्ट्रपति बराक ओबामाले नियुक्ति गरेका थिए l अझ पनि डेमोक्रेटिक दल तथा हिलारी का समर्थकहरु यिनै कोमेको कारण हिलारी क्लिन्टन हारेको ठान्दछन l

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...