Wednesday, May 31, 2017

दीपेन्द्र–देवयानीको कथामा फिल्म बन्ने, दरबार हत्याकाण्ड देखाइने

काठमाडौं । पूर्वराजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथा नेपाली चलचित्र बन्ने भएको छ । दीपेन्द्र देवयानी राणाबीचको प्रेमसम्बन्धलाई फिल्ममा देखाइनेछ ।
दरबार हत्याकाण्डमा दीपेन्द्रको पनि निधन भएको थियो । उनी त्यस बेला २९ वर्षको मात्रै थिए । राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाकी छोरी देवयानी र दीपेन्द्रबीच प्रेमसम्बन्ध रहेको दाबी गरिन्छ ।

राजदरबारका पूर्वसचिव विवेकुमार शाहले लेखेको किताब ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गरिनेछ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो फिल्मको घोषणा गरिएको छ । आशुषेन फिल्मको ब्यानरमा ‘दीपेन्द्र सरकार’ बन्नेछ । फिल्मका निर्माता सन्तोष सेन हुन् । उनले यो चलचित्रका बजेट ५ करोड ५० लाख खर्चने योजना बनाएका छन् ।

सेनले फिल्मका लागि ‘मैले देखेको दरबार’को प्रतिलिपि अधिकार किनिसकेको जानकारी दिए । फिल्मको रिलिज डेट २०७५ को जेठ १९ गतेलाई तोकिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...