Friday, May 12, 2017

नवनियुक्त राज्यमन्त्री चौधरीद्वारा शपथ

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित समारोहमा उहाँलाई शपथ गराइएको हो ।

समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र उच्च सरकारी अधिकारीको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...