Saturday, May 6, 2017

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औ साधारण सभाको उद्घाटन सुरु

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को ११ औ साधारण सभाको उद्घाटन सुरु भएको छ l कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ का महासचिव तथा साधारण सभाका प्रमुख अतिथि उजिर मगर तथा नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बालि गरेका छन् l

स्वागत मन्तव्य नेजाका उप सभापति तथा सभाका संयोजक गूणराज लूईटेलले गरेका छन । सभामा उपस्थित अतिथी महा बाणिज्य दूत प्रेम राजा महत ,एएनएका अध्यक्ष मेदनी अधिकारी एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल (चिकित्सक ),निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त् भोज राज पोख्रेल तथा अन्य संघ संस्थाका प्रतिनिधिहरूले शूभकामना दिएका छन ।

साधारण सभाको लागि डिसी महानगर क्षेत्र वरपरका संघ तथा संस्थाका प्रतिनिधि ,विभिन्न राज्यहरु बाट आएका संचार कर्मी ,आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको छ l

उद्घाटन कार्यक्रममा नेजा द्वारा स्थापित नेजा सामुदायिक पत्रकार पुरस्कार अन्तर्गत पत्रकारहरु क्रमस शिव प्रकाश ,मनोज अधिकारी र दिनेश कार्की लाई १ हजार १ सय ११ डलर राशि को पुरस्कार प्रमुख अतिथि उजिर मगरले हस्तान्तरण गरे l उक्त रकम पत्रकार हरुले नलिई चितवनको सानो घरलाई दिने घोषणा गरेका छन् l

मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज बाट संचालित पाठशालाका बिद्यार्थीहरुले नेपाली राष्ट्र गान तथा अमेरिकन राष्ट्रगान गाएका छन् l

साधारण सभा को बीचमा कार्यक्रमलाई रोचक र मनोरंजन बनाउने हेतुले सांस्कृतिक कार्यक्रम को लागि प्रस्तुति गरिएको छ l साधारण सभाको उद्घाटन लगतै एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको सशक्त बहस कार्यक्रम हुने छ l

उक्त बहस कार्यक्रमको लागि अध्यक्ष का उम्मेदवारहरु रबिना थापा ,केसव पौडेल ,गौरी जोशी ,डिल्ली भट्टराई ,राम सी पोख्रेल तथा कृष्ण पोख्रेल सहभागी हुने छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...