२६ मे २०१७ – अमेरिकाको लागी पुर्ब नेपाली राजदुत डा. शंकर प्रसाद शर्मालाई बाल्टिमोर शहरमा भब्य स्वागत गरियो। अमेरिकाको चार बर्षे कार्यकाल पुरा गरी नेपाल फर्केका राजदुत डा. शंकर शर्मालाई हिजो मे २५ तारिख बिहीबार साँझ बाल्टिमोरको व्हाईट मार्श स्थित पार्कर्स रेस्टुरेन्टको ब्यांगक्वेट हलमा रात्रिभोज आयोजना गरेर स्वागत गरियो।
नेपाल सरकारका महाबाणिज्यदुत प्रेमराजा महत, बिबिसी नेपाली सेवाका पत्रकार नारायण श्रेष्ठ, मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा. भिम कट्टेल, जोन्स हप्किन्स युनिभर्सिटीका प्राध्यापक डा. चक्र बुढाथोकी लगायत संघ, संस्थाका पदाधिकारीहरु कार्यक्रममा ऊपस्थित थिए।
नेपाल फर्केपछी अर्थ मन्त्रालय, ऊधोग मन्त्रालय, कृषी मन्त्रालय, बन मन्त्रालय, जलश्रोत मन्त्रालय लगायतका विभिन्न मन्त्रालयहरुको ऊच्च स्तरीय टास्क फ़ोर्शहरुमा रहेर मुलुकको बिकाशको लागी आबस्यक पर्ने निती निर्माणमा नेपाल सरकारलाई सल्लाह र परामर्श दिने काम गरिरहेका पुर्ब राजदुत डा. शर्मा संग ऊपस्थित नेपालीहरुले प्रश्नहरु गरे र बिदेशमा रहेका नेपालीहरुले नेपालमा संचालन गर्न सक्ने आयमुलक ब्यबसायहरु स्थापना गर्नको लागी नेपाल सरकारले दिन सक्ने भन्सार छुट, भ्याट कटौती कर छुट र सरकारले गरिदिने सब्सीदाईज्स लगायतका कानुनी ब्यबस्था बारेमा राजदुत डा. शंकर शर्मा संग नेपालीहरुले राम्रो अन्तरक्रिया गरे।
कार्यक्रम आयोजक संस्था म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संजाल म्याग्दी प्रबाशी नेपाली संघ ( मोना ) को नर्थ अमेरिका क्षेत्रीय ऊपाध्यक्ष मोहन थापाको स्वागत मन्तब्य पछी अन्तरक्रिया कार्यक्रम संचालन भएको थियो। म्याग्दीबासी डा. महाबिर पुनको सक्रियतामा म्याग्दी जिल्लालाई पहिलो वाई फाई फ्री जिल्ला घोषणा गराऊनको लागी मोना ले रु १,००,००,०००/= एक करोड नगद चन्दा संकलन गरिसेको छ। म्याग्दी जिल्ला ताकम धारापानी घर भई अमेरिकामा एक सफल युबा ब्यबसायी मोहन थापा संचालक रहेको रेस्टुरेन्ट, बार, ब्यांगक्वेट हल, ३०० – ४०० दर्शक अट्ने शभा हल भएको पार्कर्सको स्पोंसरसिप (सौजन्यमा) मा ऊपस्थित ६२ जना लाई निशुल्क रात्रिभोज खुलाईएको थियो। डा. शर्माका साथै श्रीमती कल्पना शर्मा र सुपुत्री डा. सिल्पा शर्मा पनी रात्रिभोजमा सहभागी थिए।
“मोना” को युएस निर्देशक खेम भट्टचन र नर्थ अमेरिका क्षेत्रीय उपाध्यक्ष मोहन थापाको संयोजनमा पुर्ब राजदुत डा. शंकर शर्मासंग रात्रिभोज सहितको भेटघाट कार्यक्रम आयोजना भएको थियो। अर्को हप्ता जुन २ तारिखमा डा. शंकर शर्मा संग हार्भार्ड बिश्वोबिध्यालयले अन्तरक्रिया कार्यक्रम राखेको छ।
No comments:
Post a Comment