Thursday, May 11, 2017

अमेरिकामा नेपाली मूलका यूवा “पिडलरएम” को नेपाली हिपहप गीतको चर्चा परिचर्चा

नेपालको पाटनमा जन्मेका यूवा ‘पिडलरएम’ को भर्खरै निक्लिएको नेपाली हिपहपको चर्चा परिचर्चा पाएको छ l २७ बर्षिय नेपाली हिपहप गायक सन् २००६ देखि अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएका छन् lसन् २०१० देखि लगातार उनि संगीत सम्बन्धि अध्ययन गर्दै संगीतको दुनियामा होमिएका छन् l उनि नेपाली संस्कृति ,भाषा तथा आफ्नो प्रतिभालाई विश्वलाई चिनाउन सगीतमा लागेको उनले बताए l

 

उनले गत अप्रिल मा उनको पहिलो एल्बम (गीति संग्रह ) रेजिलिएन्ट सार्बजनिक गरेका छन l उनको यो पहिलो एकल गीत मर्सि टिज को भिडियो (श्रब्य दृश्य )ले हंगामा गरेको छ l शब्द उनकै रहेको छ l गीतको निर्देशन बहु प्रतिभाशाली आरजेसी ले गरेका हुन् l छायांकन अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट रहेको छ l

गीटमा संगीत प्ला टि नम सेलर्स ले दिएका छन् संगीत व्यवस्थापन रोबर्ट ब्राउन ले गरेका हुन् l “पिडलरएम” विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...