Monday, May 29, 2017

अमेरिकामा सफल युबा ब्यबासायी ॠषि ढकाल महाबाणिज्य दुतमा पदोन्नती

 

सुदिप पन्त -अमेरिका ,लसएन्जलस मे २४/ क्यालिफोर्निया राज्यमा लामो समय देखी बसोबास गर्दै आएका तथा सानडियोगो क्षेत्रको लागि नेपाल सरकारले करीब चार बर्ष अघी बाणिज्य दुतमा नियुक्त गरेको सफल ब्यबसायी एब सामाजिक ब्यक्तित्व ॠषि ढकाललाई हालै बसेको मन्त्रीपरिषदको बैठकले पुन चार बर्षको लागि महाबाणिज्य दुतमा नियुक्त गरेको छ।

ॠषि ढकालले बाणिज्य दुतको रुप पाएको जिम्मेवारीलाई कुशलता पूर्वक निर्बाह गर्दै प्रबासी अमेरिकन नेपाली समाजलाई पुर्याएको योगदानको कदरस्वरुप उनलाई महाबाणिज्य दुतमा नियुक्त गरिएको श्रोतले बताएको छ।

क्यालिफोर्नियाको लसएन्जलसमा परिवार सहित बसोबास गरिरहेका ढकाल छोटो समयमा अमेरिकन नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल ब्यक्ती हुन ।गार्मेन्ट सहित बिभिन्न नेपाली सामाग्रीहरु अमेरिकन बजारमा निकासी गरेर नेपालको निर्यात ब्यापारलाई ठुलो सहयोग गरेका ढकाल बिभिन्न सघसस्थामा पनि उत्तिनै सहभागी र सहयोगीको रुपमा कृयाशिल छन । लसएन्जलसमा रहेका श्री पशुपतीनाथ फाउण्डेसनको उपाध्यक्ष ,एनआरएन अमेरिकाको सल्लाहाकार लगायत दर्जनौ सस्थाहरुमा आबद्द रहेर नेपाली समाजमा उल्लेखनिय योगदान गरेका ढकाल आँफैमा सरल र साधारण ब्यक्तीको रुपमा प्रस्तुत हुन रुचाउछन। बाणिज्य दुतको रुप रहदा उनले लसएन्जलसमा रहेका थुप्रै सिटी काउन्सिलहरुसँग नेपालीहरुको सम्बन्ध बिस्तार गर्न ,नेपालको पर्यटनलाई टेवा दिन एब अमेरिकामा नेपाली बस्तुहरुको भन्सार छुटको लागि लबिङ गरेका थिए ।

नेपाल सरकारले महाबाणिज्य दुतको जिम्मेवारी दिएकामा आफुलाई अत्यन्त खुशी लागेको र आफ्नो कामको मुल्याकन गरिएकोमा गौरावान्तित महसुस गरेको बताउदै ढकालले नयाँ जिम्मेवारीलाई अझ उत्साहजनक र चुनौतीको रुपमा लिदै अमेरिकन नेपाली समाजलाई बलियो बनाउन निरन्तर लाग्ने बिचार ब्यक्त गरे।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...