काठमाडौं, २१ बैशाख । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई देशमा ठूलै रक्तपात हुने भविष्यवाणी सहितको सूचना आएको छ ।
विभिन्न समयमा विभिन्न राजनीतिक भविष्यबाणी गर्दै आएकी माता सविता आचार्य (सरु) ले खनाललाई टेलिफोन गरि देशमा शीर्ष तहका नेताहरुको हत्या हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेकी छन् । ‘यसअघि पनि खनाललाई फोन गरेर माताले देशमा केही घटना हुँदैछ भनेर भनेकी थिइन्,’ खनालल भने, ‘सोही दिन प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्यो ।’
यसपटक पनि माताले टेलिफोन गरी मुलुकमा ठूलो मारपिट र रक्तपात हुने बताएकी हुन् । उनले आफूले सपनामा गोली चलेको, मानिसहरु रगतपच्छे भएर ढलेको र घाइतेलाई म्यादी प्रहरीले गोली लागेका मानिसहरुको उद्धार गरेको दृश्य बारम्बार देख्ने गरेकाले ठूलो अनिष्ट हुने खतरा रहेको दाबी गरेकी छन् ।
माता सविता आचार्य
देश निर्वाचनमय भएपनि अकल्पनीय दुर्घटनाका कारण निर्वाचन हुन नसक्ने जिकिर गरेकी छन् । उनले राजनीतिक अस्थिरता बढ्दै गए राजतन्त्र फर्कने समेत बताएकी छन् । यसअघिदेखि नै उनले नेपालमा राजतन्त्र ब्युँतिने भविष्यबाणी गर्दै आएकी थिइन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगविरुद्ध जोडदार आवाज उठाइरहेका एमाले नेता यस्तो सूचनापछि झस्किएका छन् ।
No comments:
Post a Comment