Wednesday, May 31, 2017

सान फ्रान्सिस्कोमा दुताबासको Outreach Program:११८ जनालाइ सेवा

नेपाली दुतावास अमेरिका वाशिंगटन डिसीले समय, समयमा नेपाली समुदायलाई सेवा सर्वसुलभ गराउने उधेश्यले विभिन्न राज्यहरुमा सेवाका लागि Outreach Program गर्ने गरेको छ।

दुतावासले यो पटक क्यालिफोर्निया राज्यका मुख्य दुइ शहरहरु लस एन्जलस र सान फ्रान्सिस्कोमा Outreach Program सम्पन्न गरेको छ। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालिफोर्निया च्याप्टरद्धारा संयोजन गरिएको सो सेवाबाट MRP पासपोर्ट, Travel Document, अन्य परामर्श सेवाहरु समेत प्रदान गरिएको थियो।

दुतावासका द्वितीय सेक्रेटरी चक्र कुमार सुवेदीले बिहान मे ३०, २०१७ का दिन बिहान १० बजे देखि सांझ १० बजे सम्म प्रदान गरिएको गर्नुभएको सेवाबाट ११८ जनाले सेवा पाए। मंगलबारको दिन भएकोले सेवालिनेहरुलाई पायक नापरेता पनि यो संख्या भनेको ठुलो हो। सो कार्यक्रममा महाबाणिज्यदुत ऋषि ढकाल स्वयम उपस्स्थित हुनुहुन्थ्यो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...