Friday, June 30, 2017
अमेरिकाको भर्जिनियाका चिकित्सक डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा शान्ती बिद्या गृहमा साईबर अपराधबाट बच्ने उपायबारे जनचेतनामुलक कार्यक्रम
बिष्णु प्रिया रिजाल (DCnepal.com) काठमाण्डौं, जुन ३०, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम डा. सिल कुमार दाहालको प्रयास प्रायोजकमा शान्ती बिद्या गृहका बिधार्थीहरुलाई पनि प्रदान गरियो । अमेरिकाको भर्जिनियाको अस्पतालमा आफ्नो चिकित्सक पेसामा रहनु भएका डा. सिल कुमार दाहालको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । डा. दाहालले नेपालमा रहंदा शान्ती बिद्या गृहमै आफ्नो स्कुलको अध्ययन पुरा गर्नु भएको थियो ।
अध्ययनको सिलशिलामा अमेरिकामा आएर डा. दाहालले मेडिकल सम्बन्धी डाक्टरको अध्ययन पुरा गरि हाल भर्जिनियाको एक अस्पतालमा कार्यरत हुनुहुन्छ । छात्र र छात्रा गरि करिब २०० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डा. दाहालले अमेरिकाबाट भिडियो मार्फत सहभागिहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । डा. दाहालको सन्देश पछि स्कुलकी प्रमुखले “फलेको बृक्षको हाँगो नझुकेको काहाँ छ र” भन्दै डा. दाहालको स्कुलको अबस्थाको बारेमा बिधार्थीहरुलाई जानकारि गराउनु भएको थियो । साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट मानिशा रानाभाटले कार्यक्रमको समायोजन गर्नु भएको थियो भने संस्थाका सदस्य साईबर सुरक्षा संम्बन्धी बिज्ञ प्रोफेसर कुमार पुडासैनीले २ चरण गरि करिब १० घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम प्रदान गर्नु भएको थियो ।
उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिनुका साथै यति अत्याबस्यक कार्यक्रम स्कुलसम्म लैजान प्रयास र प्रायोजक गर्नु हुने डा. सिलकुमार दाहाल प्रति आभार र धन्यवाद प्रकट गरेका थिए ।आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने डा. सिल कुमार दाहाललाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।
साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ ।
अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ । यदि याहाँहरुले पनि आफ्नो स्कुल, क्याम्पस, समाजमा पनि साईबर सुरक्षा सम्बन्धि तालिम लिन र दिन चाहानुहुन्छ भने [email protected] मा संर्पक गर्न सक्नु हुनेछ ।
नेपाल का गौरव, नेपाल का शान संजय पण्डित नेपाल को इतिहास मा अमर रहने छन
तर नडगमगाउने अठोट र विश्वास भएका संजय कसैको प्रवाह गर्दैनथे र आफनो लक्ष्यमा लागिरहन्थे । उनि यति दौडिन्थे कि प्युठान देखी भालुबाङ्ग सम्मको ५६ की मी को दूरी ४ घण्टा ११ मिनटमा पार गरे पछी उनि दुनियाको नजरमा आउन थाले । एक दिन सन्जयको भेट नेपालका प्रख्यात धावक बैकुण्ठ मानन्धर संग दशरथ रङशालामा भएछ्र । उनी सगको भेटले सन्जयलाई झन उत्साह बढेछ । मानन्धर लाईनै कोअर्डिनेटर बनाएर काठमाडौं देखी खासा सम्मको १२७ की मी को दुरी उनले ११ घण्टा २० मिनटमा पार गरेर नया किर्तिमान बनाएका थिए । स्वर्गद्वारीदेखी काठमाडौं, काठमाडौंदेखी गोर्खा, स्वर्गद्वारीदेखी गौमुखी लगायत उनले पार गरेका अरु थुप्रै दूरीका स्थानहरु हुन । उनका यस्ता साहसिक दौडबाट उनी अल्ट्रा धावकको नामले परिचित हुन थाले ।
लामो दूरीको दौडमा अपार सफलता हासिल गरेपछी उनलाई हिमालयको शिखर चुम्ने इच्छ्या लाग्यो र उनि त्यस तर्फ ध्यान केन्द्रीत गर्न थाले । यही क्रममा मे १९, २०१२ मा किलर माउन्टेनको रुपमा चिनिने सन्सारको आठौं उच्च शिखर मनास्लु (८१६३) मिटरको हिमालको सफल आरेहण गरे । उनका अरु प्रमुख हिमालय आरोहणमा आइल्याण्डपिक २०११, छुकुङरि पिक २०१२ नार्गजुन हिमाल २०१३ र कालापत्थर २०१३ प्रमुख छन । त्यस्तै २०१३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा ८ हजार ८ सय ४८ मिटरको सफल आरोहण पछी उनका सपनाहरु पनि बढदै गयो । अत्यन्तै महत्वाकांक्षी संजयले संसारका सातवटै महाद्वीपका सर्वोच्च शिखरहरु चढने सपना देख्न थाले । पाच महाद्विपहरु एसिया, यूरोप, आस्ट्रेलिया, अफ्रिका र दक्षिण अमेरिकाका अग्ला हिमालहरुको सफल आरोहण पछी २०१५ मा उत्तरी अमेरिकाको अलास्का स्थित माउंट डेनालीको आरोहण गर्न अमेरिका आएका थिए ।
पारिवारिक नाताले मेरो भतिज पर्ने सन्जय न्यूयोर्कमा आउदा केही दिन हामीसंगै बिताऊने अवसर प्राप्त भएको थियो । उनको निर्भीक बिचार र देशको लागी आफनो ज्यान खतरामा राख्न तयार भतिजको सोचप्रति मैले निकै गौरव माने । उनको शाहस देखेर न्यूयोर्कका विभिन्न नेपाली समुदायहरुका संघ संस्थाहरुबाट संजय पण्डितलाई आर्थिक सहयोग समेत गरेका थियो । खासगरि रिजऊड नेपाली समाजका पूर्व उपाध्यक्ष तथा जन संपर्क समितिका सल्लाहकार श्री कृष्ण बहादुर बिष्टको अगुवाईमा रिजऊड नेपाली समाजले फण्डरेज सभा आयोजना गरि संजय पंडितलाई डेनाली आरोहणको लागी आर्थिक सहयोग गरेका थियो । त्यतिबेला श्रीबिष्ट स्वयंलेनै व्यक्तिगत रूपमा दुई लाख रुपैयाको सहयोग गर्नु भएर निकै हौसल्ला दिनु भएको थियो । जन सम्पर्क समिति अमेरिका न्यूयोर्क च्याप्टर र एन आर एन अमेरिकाले पनि सो अभियानको लागी आर्थिक सहयोग गरेको थियो । तर ऊनी त्यसबेलाको अभियानमा आंशिक सफलता प्राप्त भएपछी मलाई अमेरिका फेरी आउने बचन दिंदै नेपाल फर्केका थिए । सन २०१५ मा अमेरिकाबाट माउन्ट डेनालीको अंशिक सफलतासंगै नेपाल फर्किएपछी गत जनवरी २०१७ मा उनले अन्ट्रटिकाको सबै भन्दा अग्लो शिखर माउण्ट भिन्सनको सफल आरोहण गरेका थिए ।
त्यो समेत गरि सातवटै महादेशका अग्ला चुचुरा चढ्ने क्रममा उनको अमेरिकाको डेनाली मात्र चढन बाकी थियो । त्यही अभियानको लागी उनी केही महिना अघि अमेरिकाको अलास्का आएका थिए । आउनु भन्दा एक महिना पहिले पनि उनले मलाई फोनबाट सम्पर्क गरेका थिए । ऊनी संगको आखाभरिको संवादमा माउंट डेनाली आरोहण गरेपछि न्यूयोर्क आई हामी संगै भेटने कुरा गरेका थियौ । तर भाग्यले यसपाली पनि ऊनलाई साथ दिएन । डेनाली चढ्ने क्रममानै १७ हजार ५सय फिटसम्म पुगेका संजयको गत जुन १६, २०१७ को दिन अकस्मात मृत्यु भएको खबर सुन्दा एक छिन त पत्यारनै लागेको थिएन तर केहीछिनमा घटना बास्तविक भएको पुष्टि भएपछि म निकै दुखित भयो ।
सगरमाथामा दुई पटक आरोहण गरिसकेका सन्जयले डेनालीको हिमालको गोदमा हाई अल्टीट्यूडको कारण जीवन दान दिन पुगे । विश्व माझ देशको गौरव बढाउन हिंडेका शाहसी यात्री देशकै नाममा आफनो आखिरी सास दिएर यो संसारबाट हमेशाको लागि बिदा भएर गए । डेनाली चढेर न्युयोर्क आएर हामीसगै भेटने ऊनको त्यो ईच्छा पूरा हुन सकेन । ऊनको यो सपना अधुरो नै रह्यो । मेरो भतिजले मलाई र हाम्रो परिवारलाई असहनीय पीडा दिएर गए । ऊनको यो अकल्पनीय मृत्युले अत्यन्तै आहत बनाएको छ । यो मेरो लगायत संपूर्ण नेपालीको लागी दुर्भाग्यपूर्ण र अपूरणीय क्षती हो । आज पूरा नेपाल संजयको यादमा रोई रहेको छ । उनको मृत्यु भएपछि देशले अमूल्य गहना गुमाऊनु परेको महसुस भएको छ । नेपाल आमाका पराक्रमी सुपुत्र संजय पण्डित नेपालको इतिहासमा सदैव अमर रहने छन । उनले देखाएको साहस आऊने पीढाका युवाहरुलाई प्रेरणाको स्रोत हुनेछ ।
(लेखक अल्ट्रा धावक तथा पर्वतारोही सन्जय पण्डितका काका हुनुहुन्छ। )
रोनाल्डोद्वारा आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक
पोर्चुगल, काठमाडौं, १६ असार । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन् । दुई सन्तान सरोगेट आमाबाट जन्मिएका हुन् ।बिहिबार छोराहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनका दुई नयाँ मायालुहरुलाई बोक्न पाउँदा खुसी छु ।’बुधबार कन्फेडेरेसन्स कपको सेमिफाइनलमा चिलीसँग पराजित भएसँगै रोनाल्डो छोराहरु भेट्नका लागि घर फर्किएका थिए ।
फुटबलका कारण उनले आफ्नो छोरा र छोरीलाई भेट्न पाएका थिएनन् । दुई जनाको नाम माटेयो र इभा राखिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जुम्ल्याहा सन्तानको जन्मसँगै रोनाल्डो तीन सन्तानको पिता बनेका छन् । रोनाल्डोको यसअघि नै सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियर रहेका छन् । रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज पनि पाँच महिनाको गर्भवति रहेको बताइन्छ । एजेन्सीको सहयोगमा
गाई सुरक्षाको नाममा जनता मार्ने काम अस्वीकार्य : मोदी
अहमेदाबाद (भारत), १६ असार । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले बिहीबार गाई संरक्षणको नाममा जनता मार्ने कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभएको छ । प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाई संरक्षणकर्मीद्वारा ‘गाउ भक्ति’ (गाई भक्ति) का नाममा भएका शृङ्खलाबद्ध आक्रमणमा भएका विरोध कार्यक्रमप्रति लक्षित गरी आएको हो ।
सवरमती आश्रम स्थापनाको शतवार्षिकी तथा महात्मा गान्धीका गुरु श्रीमद् राजचन्द्रजीको १५० औँ जन्मोत्सवका अवसरमा गरिएको एक समारोहमा सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, राष्ट्रपिता (गान्धी) को आदर्श विपरित भारतमा एक समुदायद्वारा अर्को माथि हिंसात्मक विरोध भएको छ । यस्ता गतिविधिले राष्ट्रपिता महात्मा गान्धी अपमान हुन्छ । भारतीय प्रधानमन्त्रीले भन्नुभयो, आउनुस् सबैजना एक भई अघि बढौँ र महात्मा गान्धीका सपनाअनुरुप राष्ट्रको विकासमा लार्गौँ । स्वतन्त्रताका लागि सङ्घर्ष गरेको सपुतलाई खुशी पारौँ । राष्ट्र हित र कानुन विपरित काम गर्न राष्ट्रमा कसैलाई पनि अधिकार छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो ।
प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति गाईको संरक्षणका नाममा भएका विभिन्न घटनामा धार्मिक हिंसा बढेको समयमा आएको हो । गत हप्ता मथुराका लागि हिँडेको रेलमा हिँडेका एक मुसलमान यात्रीलाई रेलभित्र हत्या गरिएको र उहाँका परिवारजनलाई ‘अराष्ट्रवादी’ ‘गाई खौवा’ भनी गरिएको उत्तेजक घटनाविरुद्ध हजारौँ भारतीयले मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि प्रधानमन्त्रीले सबैलाई संयमता अपनाउन आफ्नो सम्बोधनका क्रममा आग्रह गर्नुभयो । हिंसाले न कहिल्यै समस्या समाधान गरेको थियो । न गर्ने नै छ, समाजमा हिंसाका लागि कहिँ ठाउँ छैन, प्रधानमन्त्री मोदीले भन्नुभयो । –पीटीआई
भिनेत्री निशा अधिकारी र क्रिकेटर भेषवाकरबीच विवाह
काठमाडौं, १६ असार । अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँगको लामो प्रेमलाई शुक्रबार वैवाहिक जीवनमा रुपान्तरण गरेकी छिन् ।
निशा र शरदबीच शुक्रबार काठमाडौंको दरबारमार्गस्थित पाँच तारे होटेल अन्नपूर्णमा विवाह सम्पन्न भएको पारिवारिक स्रोतले जनाएको छ ।
विवाह समारोहमा सीमित व्यक्तिहरूलाई बोलाइएको थियो । जसमा खेल र कालाकारिता क्षेत्रका साथै केही आफन्तलाई मात्रै बोलाइएको थियो ।
जितु नेपाललाइ मन पर्ने ज्योती मगरको बी साईड (भिडियो सहित)
ज्योती मगरको बारेमा ब्यंग्य गर्दै जितु नेपालले दर्शककलाई भनोरंजन प्रदान गरेका छन् । ज्योती
मेला महोत्सवमा आउने भने पति बुढाहरु चिटिक्क परेर आउने तर ज्योतीलृे बी साईड
देखाईदिने भन्दै ज्योतीको बेईजत गरे ।
भिडियो हेर्नुहोस् ।
संचारकर्मी रोशन अधिकारी NRNA NCC USA क्यालिफोर्निया च्याप्टरको सचिवका उम्मेदवार
NRNA NCC USA क्यालिफोर्निया च्याप्टरको सचिवका उम्मेदवार रोशन अधिकारी
कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को क्यालिफोर्निया स्टेट च्याप्टरको सचिव पदको लागि रोशन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
चितवन जिल्लामा जन्मेर १९९५ देखि स्थानिय स्तरबाट पत्रकारिता सुरु गर्नु भएका रोशन अधिकारी राष्ट्रिय स्तरको साप्ताहिकमा प्रधान संपदाक सम्म हुनुभयो। नेपाल रेडक्रस लगायत स्थानीय सामाजिक संस्थाहरुमा समेत संलग्न अधिकारी सन २०१२ मा अमेरिकाको यात्रा तर्फ लाग्नुभयो।
सुरुमा लस एन्जलसमा नेपाल एकता समाजमा आबद्ध अधिकारी सान फ्रान्सिस्को सर्नु भए पछि स्थानिय सबै भन्दा पुरानो सस्था नेपाल एसोसिएसन अफ नर्दर्न क्यालिफोर्निया (NANC) को सचिब पदमा बसेर २०१५-२०१७ को कार्यकाल सम्पन्न गर्नुभयो। उसो त उहाँले अन्य साथीहरुसंग मिलेर LIONS CLUB OF SAN FRANCISCO BUDHHA को स्थापना गरेर CHATER MEMBERSHIP CHAIRPERSON को जिम्मेवारी संहाल्दै हुनुहुन्छ।
पत्रकारितामा नियमित रहनु भएका अधिकारी Hollywood Media & Entertainment LCC, को अनलाइन मिडिया http://bit.ly/2spjMMv का सहायक संपदाक पनि हुनुहुन्छ।
सन २०१४ देखि NRNA संग नजिकिंदै रहनु भएका अधिकारीले २०१५/१६ बाट धेरै गतिबिधिहरुमा संलग्न हुँदै हाल क्यालिफोर्निया स्टेटको सचिव पदमा उम्मेदवारी हुनुभएको घोषणा गर्नु भएको छ।
Newah Organization of America (NOA) organizing Group Kayeta Puja (Bratabandha) Ceremony
सुस्तामा एमाले विजयी
नवलपरासी, १६ असार । सुस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गर्नुभएको छ ।
उम्मेदवार रामप्रसाद पाण्डे चार हजार ४२४ र इन्द्रकुमार थरुनी चार हजार ३४६ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका हस्मुद्धिन शेषले चार हजार १७१ र विमला उपाध्यायले चार हजार १३८ मत प्राप्त गर्नुभएको थियो । पाँच वटा वडा रहेको सुस्ता गाउँपालिकाका वडाध्यक्षमा काँग्रेस र एमालेका दुई दुई र राप्रपाले एक स्थान हासिल गरेका छन् ।
स्वास्थ्य सहयोग बढाउन दूतावासमा ज्ञापनपत्र
काठमाडौँ, १६ असार । एड्स रोगविरुद्धका अभियानकर्मीले चीनसँग स्वास्थ्यसम्बन्धी विश्व सहायता कोषमा थप रकम सहयोग गरिदिनका लागि आज चिनियाँ राजदूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय एचआइभी महासङ्घ, एड्स हेल्थ केयर फाउन्डेसनलगायत स्वास्थ्यसँग सरोकार भएका अन्य संस्थाले ज्ञापनपत्र बुझेपछि दूतावासले सो चासोलाई सकारात्मक रुपमा लिएको राष्ट्रिय एचआइभी महासङ्घका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिनुभयो । ज्ञापनपत्रमा सन् २०१७ देखि १९ सम्मका लागि एड्स, क्षयरोग तथा मलेरियाविरुद्ध लड्नका लागि विश्व कोषमा आफ्नो प्रतिबद्धतानुरुपको पूर्ण सहयोगका लागि आग्रह गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै एचएफ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक दीपक ढुङ्गेलले चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो भन्दै, विश्वले स्वास्थ्य क्षेत्रमा चीनसँग अझ बढी सहयोगको अपेक्षा गरेको धारणा राख्नुभयो । एड्स, क्षयरोग र मलेरियाविरुद्ध विश्वव्यापी रुपमा लड्ने अभियानका लागि चीनले विश्व सहायता कोषमा एक बिलियन डलर बराबरको सहायता उपलब्ध गराउनुपर्ने ज्ञापनपत्रमा भनिएको छ । युएन एड्सका अनुसार विश्व सहायता कोषमा कटौतीको यो शृङ्खलाले सन् २०२० सम्ममा एचआइभी उपचार र सहयोगी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या हुने र यसले २१ मिलियन मानिसको ज्यान जान सक्ने खतरा रहने छ ।
बीस दिनदेखि बेपत्ता व्यापारी श्रेष्ठको शव फेला
सल्यान, १६ असार । अपहरणमा परेका दाङका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा आज फेला परेको छ ।
श्रेष्ठको शव छत्रेश्वरी गाउँपालिका–४ झिम्पेमा रहेको घना जङ्गलमा फेला परेको हो । श्रेष्ठको हत्या धेरै दिनअघि भएकाले पहिचान गर्न गाह्रो भएको र उहाँले लगाएको लुगाबाट शवको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीकोे अवस्था अझै अज्ञात रहेको छ ।
गएको जेठ २६ गते राति बेपत्ता भएका व्यापारी श्रेष्ठ चढेको बा १२ च १०७१ नम्बरको गाडी सल्यानकै रिम गाविसमा फेला परेको थियो । अपहरणमा परेका श्रेष्ठको खोजीका लागि नेपाल प्रहरीको सिआइवीको टोली सल्यानमा आएको थियो ।
टोलीले अपहरणमा संलग्नमध्ये केहीलाई पक्राउ गरेपछि श्रेष्ठको हत्या भएको पत्ता लागेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई दाङ लगेपछि आजै प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने जनाएको छ ।
विश्वमा इन्टरनेटको २५ वर्षको विशेष अवसरमा प्रथम इन्टरनेट एक्सपो–२०१७ मंसीर ९ गतेदेखि
25 Years of Internet in the World
1st Internet Expo starts from November 25, 2017
Press Release
With the rapid globalization, the world has become a small place to live in and internet has been a major factor for this. Internet has been a part of daily life for everyone. Anyone can access to any kind of information from anywhere with the help of internet. In 1980, Sir Tim B. Lee developed the concept of Hyper Text Transfer Protocol (http) and later in 1990 developed HTML, URL, Web browser, server and the first webpage which was accessible only to the limited users. It was only on 23rd August 1991 he developed World Wide Web (www) for the general public. Although Internet and World Wide Web (www) are different but they are taken as synonyms.
In an underdeveloped country like Nepal, internet is often treated as only social networking sites. It is high time to educate people and make them realize about the importance of internet in the development of a country. World has achieved a rapid development with the help of internet in various sectors like political, economical, educational, social etc. Internet has been a boon to the rapid globalization and has helped to bring all the sectors of the world in one place. It has not only contributed in the development but also has helped to maintain the brotherhood among people from different parts of the world with the use of social networking sites.
NDRC is going to organize the 1st Internet Expo in Nepal from 25th – 29th Nov. 2017 on the occasion of 25 years of internet in the world. This expo will provide the opportunity to all the stakeholders of internet to share the information and views regarding internet technology, discuss the opportunities of taking it to more consumers and ways of solving the problems regarding the misuse of internet etc all in one place.
Information technology is the backbone for the development of any country. Prosperity cannot be imagined without information technology. Therefore, we aim to organize 1st Internet Expo- 2017 to facilitate every sector. All the participating organizations and activities of businesses will only help to uplift the status of our country. Hence, your participation can be historical and will motivate us to organize the first ever internet expo successfully and smoothly. It will definitely create a strong base for the development of our country as a whole.
Malati Basnet
Program Co-ordintor
Detail Contact: 9851174832
बैंक व्यापार गर्ने संस्था हैन : गभर्नर
काठमाडौँ, १६ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रले कार्यक्षमता र पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभएकोे छ ।
कुमारी बैंक लिमिटेडको एकीकृत कारोबार शुभारम्भ गर्दै उहाँले स्थानीय तहको निर्वाचनपछि ठूलो आर्थिक क्रियाकलाप स्थानीय तहमा हुने र त्यहाँ पुँजी आवश्यक पर्ने हुँदा बैंकहरु चाडो स्थानीय तह (गाउँसम्म) पुग्नु आवश्यक भएको बताउनुभयो ।
“बैंक र वित्तीय संस्थाको क्षमता अभिवृद्धि गरी आर्थिक क्रियाकलाप हुने स्थानीय तह गाउँसम्म विस्तार गरी दक्ष जनशक्ति र कुशल व्यवस्थापन जरुरी छ” – गभर्नर नेपालले भन्नुभयो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकको एकीकृत कारोबार गर्ने नीतिअनुरुप बैंकको पुँजी झन्डै चार गुणाले बढेको र यसले एकीकृत कारोबार गर्न उत्साह प्रदान गरेको बताउनुभयो ।
बैंकर्स सङ्घका अध्यक्ष अनिलकेशरी शाहले बैंक तथा वित्तीय सुधारका लागि एकीकृत कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाइनुपर्ने खाँचो औँल्याउनुभयो ।
कुमारी बैंकका सञ्चालक डा शोभाकान्त ढकालले आफूहरुले राष्ट्र बैंकको नीतिअनुरुप पुँजी वृद्धि गरी आगामी कार्ययोजना तयार पारेको र अहिले बैंकको निक्षेप पुँजी जम्मा रु ५२ अर्ब र कर्जा ४५ अर्ब रहेको जानकारी दिनुभयो ।
यसैबीच कुमारी बैंकले राष्ट्र बैंकको नीति (आठ अर्ब चुक्ता पुँजी) अनुरुप आजदेखि एकीकृत कारोबार सुरु गरेको जनाएको छ ।
बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई (प्राप्ति) एकीकृत गरी कारोबार सुरु गरेको हो ।
कुमारी बैंकमा तीनवटा बैंक तथा वित्तीय संस्था एकीकृत भएपछि ७५४ कर्मचारी र ७४ वटा शाखा पुगेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको नीति अनुसार २०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको रु आठ अर्ब, विकास बैंकको दुई अर्ब ५० करोड चुक्ता पुँजी पु-याउनुपर्नेछ ।
“सगरमाथा दिवस भव्यरुपले मनाउँ, नेपाल चिनाउन यो सर्वाधिक महत्वपुर्ण ठ्ठउपलब्धि हुनेछ ।”
यूएस नेपाल क्लाइमबर्स एसोसीएसनका अध्यक्ष पासागंरींजि शेर्पाले सहभागीको तर्फबाट सुझाव दिदा हलमा तालीको फोहोरा छुट्यो । तत्कालै, बाणिज्यदुत कृसु क्षेत्रीले मंचबाट भने, “ नेपालको प्रतिष्ठाबृदि हुने कुनै पनि काम गर्न कन्सुलेट प्रतिबद्ध छ ।” नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कको स्थापनाको दोस्रो बर्षको अवसरमा एबिसि टेलिभिजन नेपाल र नेपाल अमेरिका मिडिया एण्ड रिसर्च सेन्टरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमको एक अंश हो यो । “जनताको सेवाको सवालमा हामी हरेक कसिमा खरो उत्रन कटिबद्ध छौँ ।” महाबाणिज्दुत पुष्प भट्टराइको यहि प्रस्टोक्त्तिसंगै कार्यक्रम शुरु भएको थियो । कसीमा कन्सुलेट नाम दिएर पत्रकार किरण मरहठ्ठाले संयोजन एवं संचालन गरेको कार्यक्रममा गैरआवसिय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेलले भने, “सरकारि सुविधाप्रदानमा यो स्तरको चुस्तता नेपालको अन्य निकायमा मैले देखेको छैन ।” उनले सुझाव दिदै भने “सम्भव भए नेपालीको बाहुल्य भएको क्विनस् क्षेत्रमा कन्सुलेट कार्यालय सारौँ ।”
लामो समयदेखि नेपाल युएन मिसन कै कार्यलयमा एक डेक्स राखेर सेवाप्रदान गर्दै आएको नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कले विगत २ बर्षदेखि आफ्नो छुट्टै कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ । कन्सुलेटको त्यसयताको गतिबिधिको बारेमा सहभागिहरुले खुलेर बहस गरेका थिए । करिब ८० जना समुदायका अगुवाहरु उपस्थित कार्यक्रममा बाणिज्यदुत कृसु क्षेत्रीले सहभागीहरुको जिज्ञासाको जवाफ दिदै भने, “हामीले ४ दिन भित्रमा पासपोर्ट बनाइदिएका पनि छौँ ।” क्षेत्रीले ासपोर्ट लगायतका सेवाहरुको लागी अब घरघरमा सुविधा दिने योजना बनाएको जानकारि दिए । जनसंपर्क समिति अमेरिकाका पुर्वसंयोजक बिष्णु सुबेदिले भने “पासपोर्ट लगायतका समस्याहरुको सहज निदान भएको छ, कन्सुलेटले हाम्रो मन जित्यो ।” प्रवासि नेपाली मंचका पुर्वअध्यक्ष संजय थापाले विभिन्न जाति समुदायमा बिभाजित नेपालीहरुको एकताका लागी कन्सुलेटले अगुवाइ गर्न सुझाव दिनुभएको थियो “कन्सुलेट नेपालीको साझा संस्था हो, सबैलाइ समेट्न सकोस ।” कार्यक्रममा शेर्पा केदुगंका उर्गेन शेर्पाले बिगतमा आफुहरुले कहिले काहिँ गैरनेपालीको जस्तो व्यवहारको सामना समेत गर्नुपरेको स्मरण गर्दै कन्सुलर स्थापना पश्चात आफ्नो समुदायको सम्पुर्ण समस्या समाधान भएको बताए । गैरअवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्ष बन्दना कोइरालाले समुदायीक भवन निर्माणमा कन्सुलेटले पहल गर्न आग्रह गरेका थिए । त्यसैगरि, अर्का सहभागी कुन्ती थापाले कन्सुलेट कार्यालय स्थापना पश्चात सेवामा सबैको पहुचँ भएको टिप्पणी गरिन् भने डेमोक्रेटिक युथ फेडेरेसनका प्रमोद सिटौलालेसमिक्षात्मक टिप्पणी गर्दै भने “नेपालीको समस्यामा महाबाणिज्य दुतावास अभिभावक बन्न सफल भएको छ । ”
कार्यक्रममा नेपाल सरकारका सचिव विरेन्द्रबहादुर कार्की, पुर्वमहाबाणिज्यदुत नारायण मैनाली, प्रा.डा. तारा निरौला, कनेक्टिकट नेपाली समाजका अध्यक्ष रामचन्द्र रेग्मि, गोरखा समाजका अध्यक्ष अन्जन श्रेष्ठ, तामागं सोसाइटिका इन्द्र तामागं, लगायत टिप्पणी गर्नुभएको थियो बाणिज्यदुत कृसु क्षेत्रीले समुदाय गरेको मुल्यांकनले आफुहरुलाइ थप उर्जा मिलेको बताउदै प्राप्त सुझावहरुको आधारमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सार्वजनिक समिक्षाको रुपमा पहिलो पटक आयेजित कार्यक्रममा न्युयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यका नेपालीहरुको सहभागिता थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो
चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।
बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मि सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने काम भइरहेको छ । एउटा ब्रेकरले ढुङ्गा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताउनुभयो । रासस
उपप्रधानमन्त्री श्रेष्ठ र जापानी राजदूतबीच भेट
काठमाडौँ, १६ असार । उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज शिष्टाचार भेट गर्नुभएको छ ।
शिक्षा मन्त्रालयमा भएको भेटमा शिक्षा क्षेत्रको विकासका लागि व्दिपक्षीय महत्वका विषयमा छलफल भएको श्रेष्ठका स्वकीय सचिव चिरञ्जीवी भण्डारीले जानकारी दिनुभयो ।
भेटमा राजदूत ओगावाले भूकम्पको समयमा जापानी सरकारले तत्काल राहत दिनेदेखि विद्यालय पुनःनिर्माणमा गरेको सहयोगको स्मरण गराउँदै उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले सुविधाविहीन परिवारका क्षमतावान विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने, आधुनिक प्रविधिको विकास, कर्मचारीको क्षमता विकासका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
सो अवसरमा राजदूत ओगावाले नेपालको समग्र विकासका लागि जापानी सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
न्युह्याम्प्सायरमा यसरि गाडीमा झिटी गुन्टा चुली बनाएर लाने चालक प्रहरीको फन्दामा
न्युह्याम्प्सायरमा घर बसाई सर्ने हेतुले मुद्रा बचाउने हेतुले आफ्नो गाडीमा घरका भए भरका समान लिएर जाने क्रममा प्रहरीले समाती दण्ड जरिवाना तिराएको छ l उनलाई गत जुन २८ तारिख आफ्नो गाडीमा काठका साज सामान ,साईकल बाकस तथा अन्य खत्र्यांग मत्र्यांग लिएर हिडेको अवस्थामा प्रहरीले रोकेर जरिवाना दिएको स्थानीय डब्लुएमयुआर टिवीले जनाएको छ l
यसको साथै गुडिया पनि झ्यालमा झुन्ड्याएको पाईएको छायाचित्रले देखाएको छ l गाडी भन्दा दोब्बर उचाईमा सामाग्री लगेको देखेर उनलाई प्रहरीले अन्तर राज्य ९३ को लन्डनडेरीमा पक्राउ गरेको थियो l समातिएको गाडीको तस्बिरलाई प्रहरीले आफैले सामाजिक संजाल मुहार पुस्तिकामा राखेका थिए l
प्रहरीले चेतावनी दिदै यस्ता जिनिस घातक हुने र अरुलाई नोक्सान गर्ने जनाएको छ l चालकले लापरवाही गरेको भनि दण्ड पत्र (टिकट )दिएको उल्लेख डब्लु टिओपीले जनाएको छ l
Thursday, June 29, 2017
एनआरएन अमेरिकाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी
गैरआवासिय नेपाली संघ अमेरिकाको आसन्न जुलाईमा हुने निर्वाचनमा लामो समयदेखि समाजसेवामा सक्रिय गजेन्द्र अर्यालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । हाल मेरील्यााण्ड बस्दै आएका अर्याल नेपलिज् एसोसियन ईन साउथ ईष्ट अमेरिका (नासा)को हालका कार्यकारी समितिको सदस्यमा रहेर काम गर्दै आएका छन ।
नेपालको त्रिचन्द्र क्याम्पसमा पढ्दैदेखि सक्रिय विधार्थी राजनीति गर्दै आएका अर्याल नेपाल टिभीद्धारा सन्चालित चिन्तन मननको समेत प्रस्तोताका रुपमा काम गरिसक्नु भएको छ । मानव अधिकार र स्वतन्त्रताका लागि सदैव वकालत गर्दै आएका अर्याल नासाको नेपाल फोरक संयोजक भै सफल काम गरिसकेका छन । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय अर्यालले आफु उपाध्यक्षका लागि आग्रह गर्दै नेपाल र नेपालीको हितमा काम गर्नै बताउँदै आएका छन ।
दुईसय भन्दा बढी कलाकारले काठमाण्डौंमा दही चिउरा खांदै यसरी गरे सम्मान !
काठमाण्डौं/ अन्तराष्ट्रिय कलाकार मञ्च, नेपाल शाखाका उपाध्यक्ष एवं वरिष्ठ हांस्य कलाकार किरण केसीले आफ्नो जन्म दिनको शुभ अवसर पारेर राजधानीमा एउटा भव्य कलाकार जमघट र सम्मान समारोह आयोजना गर्नुभयो ।
चर्चित हांस्य कलाकार मनोज गजुरेलको अत्यन्त मिठो उदघोसणमा शुरु भएको उक्त विशेस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो हांस्य विधाका जिवित ईतिहास प्राध्यापक राम कुमार पांडे ।
कार्यक्रममा अन्तराष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वाशिङ्गटन डिसी अध्यक्ष , वरिष्ठ लोक तथा दोहोरी गायक एवं पत्रकार रामप्रसाद खनाललाई वहांले तीन दशक देखि लोक संस्कृति, साहित्य र पत्रकारितामा दिनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरियो ।
श्री खनाललाई वरिष्ठ कालाकारहरु दिपा श्री निरौला , किरण केसी र नेपाली सेनाका रथी डा. नरेन्द्र केसीले सयुंक्त रुपमा सम्मान गर्नुभयो ।
यसै गरि पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ कलाकार लय संग्रौला, रमेश केसी (मट्टारे) र राज केसीलाई पनि वहांहरुले आ-आफ्नो क्षेत्रमा पुर्याउनु भएको योगदानका लागि सम्मान गरियो ।
सम्मानित व्यक्तिहरुको वारेमा प्रकाश पार्दै, स्वागत भाषण गर्दै आयोजक केसीले कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने सवै कलाकार,पत्रकार र सम्मानित व्यक्तित्वहरुलाई धन्यवाद/आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा करिब दुइसय भन्दा बढी बिभिन्न बिधाका कलाकारहरु, चलचित्रकर्मीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा असार १५ को दही चिउरा खांदै र जन्मदिनका अवसरमा किरण केसी लाई बधाई दिंदै सहभोज गर्दाको क्षण अविस्मरणीय थियो ।
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...