Friday, June 30, 2017

रोनाल्डोद्वारा आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक

पोर्चुगल, काठमाडौं, १६ असार । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन् । दुई सन्तान सरोगेट आमाबाट जन्मिएका हुन् ।बिहिबार छोराहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनका दुई नयाँ मायालुहरुलाई बोक्न पाउँदा खुसी छु ।’बुधबार कन्फेडेरेसन्स कपको सेमिफाइनलमा चिलीसँग पराजित भएसँगै रोनाल्डो छोराहरु भेट्नका लागि घर फर्किएका थिए ।

फुटबलका कारण उनले आफ्नो छोरा र छोरीलाई भेट्न पाएका थिएनन् । दुई जनाको नाम माटेयो र इभा राखिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । जुम्ल्याहा सन्तानको जन्मसँगै रोनाल्डो तीन सन्तानको पिता बनेका छन् । रोनाल्डोको यसअघि नै सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियर रहेका छन् । रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज पनि पाँच महिनाको गर्भवति रहेको बताइन्छ । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...