Sunday, June 25, 2017

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं ,११ असार, । राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधबार हुने दोस्रो चरणको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

 

मन्त्रीपरिषदको असार ८ गतेको निर्णय तथा राष्ट्रिय सुरक्षा समितिको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी हुन् ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना अन्तर्गत अन्य सुरक्षा निकायहरुसँगको समन्वयात्मक भूमिकामा नेपाली सेनाको परिचालन हुनेछ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ -२) अनुसार सेना परिचालनको स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...