Tuesday, June 20, 2017

नयासक्ति पाटि नेता पर्शुराम तामाङ जुन २५ मा कतार आउने!

ध्रुब क्षेत्री’ दोहा ,६ असार । नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (INSQ) कतारको आंगिंग संगठन जनजाति बिभाग को प्रथम अधिवेशन यही जुन २६ तारिख सोमबार दोहाको नाजमा स्थित अल्नकायेन होटेल को सभा हलमा हुने भएको छ ।

डाक्टर बाबुराम भटटराई द्वरा नेतृत्व गरिएको नया शक्ति नेपालले अबको निकास आर्थिक बिकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापित पार्टीको कतार संगठन अन्तर्गत अङ्गिग बिभाग को प्रथम अधिवेशन पार्टीका केन्द्रीय कार्याकारी सदस्य, र्राष्ट्रिय मामिला संयन्त्र समितिका संयोजक तथा जनजाति नेता श्री पर्शुराम तामाङ को प्रमुख अतिथ्य मा जुन २६ रमदान- इदको दोस्रो दिन हुन लागेको केन्द्रिय परिषद सदस्य तथा कतार संगठनका संयोजक बि बि खराल ले जानकारी गराएका छन् ।

अन्तराष्ट्रीय नेपाली समाज (नयाँशक्ति) कतार जनजाति बिभाग को अधिवेशन यहि २६ तारीख़ दोहामा हुने भएका ले नेता पर्शुराम तामाङ नयाँ शक्ति कतारको जनजाती बिभागको अधिबेशनलाई सफल बनाउन जनजाति बिबाग को निमन्त्रणामा यहि २५ जुनका दिन कतार आइ पुग्ने अधिवेशन आयोजक समितिका संयोजक दिलिप लोप्चन तामाङ ले बताएका छन !

लोप्चनका अनुसार अधिबेसनलाइ सफल बनाउन नयसक्ति कतार पाटि संगठन को नेतृत्व पंगती लगाएत जनजाति युवा अभियन्ताहरु निमा लामा, पुष्प मोग्क्तान , निमा योञ्जन तामाङ, रबिन्द्र रोका लगाएत का युवाहरु लागि रहेको र यसलाई भब्य र सभ्य रुपमा सफल बनाउन सम्पूर्ण तयारीका साथै अन्तराष्ट्रीय नेपाली समाज कतार ले सम्पूर्ण कतारबासी नेपालीहरु र मुलत जनजाति अभियन्ताहरुमा आर्दिक आग्रह सहित बिभाग को तर्फा बाट अपील गरेको बताए!

नयासक्ति कतार ले कार्यक्रमलाई सफल बनाउन कतारमा रहनुहुने सम्पूर्ण जिल्ला सस्था प्रमुख , जनजाति सस्था बैचारिक नेतृत्व तथा नयासक्ति कतार का अभियन्ता लगायत शुभचिन्तकहरुलाई उपस्थित हुन आग्रहसमेत गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...