Saturday, June 10, 2017

निर्वाचन आयोगले भन्यो- चुनाव चिन्ह अंकित टि-सर्ट र टोपी नबाँड्नू

२७ जेठ, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि-सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको बताएको छ ।

 

आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण नगर्न दल र उम्मेदवारहरुलाई भनेको छ । साथै सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न भनेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...