Sunday, June 4, 2017

नेपाली समाज युएइको आगामी नेतृत्व कस्तो हुनु पर्दछ ? कार्यक्रम साझा बहस (भिडियो)

दुबई, युएई – बिगत २६ बर्ष देखी युएईमा कार्यरत नेपालीहरुको सेवामा समर्पित संस्था नेपाली समाज युएईको अधिबेसन नजिकिदै छ ।
नेपाली समाज युएईको अधिबेसन नजिकिदै गर्दा समाजको आगामी नयाँ नेतृत्वको लागि अध्यक्ष प्रत्यासीहरुको संख्या पनि बढ्दो छ ।
युएईमा झण्डै २ लाख पाँच हजार नेपालीहरु कार्यरत छन । विभिन्न पेसामा कार्यरत नेपालीहरु माथी परिआउने समस्याहरुको समाधानका लागि अध्यक्ष प्रत्यासीहरुसंग योजना चाही कस्तो छ । आजको साझा बहस यसै सन्दर्भमा रहेको छ।
१९९० मा स्थापित संस्था नेपाली समाज युएईको आगामी नयाँ नेतृत्वको लागि अध्यक्ष प्रत्यासीहरुसंग उनिहरुको सामाजिक भुमिका अनि योजनाहरु बारे छलफल गर्न आज हामी संग हुनुहुन्छ नेपाली समाज युएईका महासचिव मणि भुर्तेल , त्यसै गरी धादिङ समाज युएईका अध्यक्ष भिम प्रसाद अधिकारी अनि अर्घाखाची सम्पर्क समिति युएईक अध्यक्ष राजु खण्डका ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...