Sunday, June 18, 2017

नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल

काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच समसामयिक परिस्थिति र नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

आफ्नो निवास लाजिम्पाटमा आज भएकोे शिष्टाचार भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकीबीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताउनुभयो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष दाहालले आफ्नो दशमहिने प्रधानमन्त्रित्वकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ राजदूतले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकालमा नेपाल र चीन बीचको सम्बन्ध थप बलियो बनेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रचण्डको प्रधानमन्त्रित्वकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको बताउँदै तथा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...