Friday, June 9, 2017

राजनीतिक संस्कार बसाल्न सफल – ‘प्रचण्ड’

सोलुखुम्बु, २६ जेठ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले आज जिल्लाको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दैनिक १८ घन्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको उल्लेख गर्नुभयो ।

उहाँले एमाले, काँग्रेस नयाँ संरचनामा निर्वाचन गराउन आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरुलाई पनि साथमा लिएर निर्वाचन गरेको र अब दोस्रो चरणको निर्वाचनमा भने पार्टीलाई बलियो बनाउन आफू मैदानमा उत्रिने बताउनुभयो ।

चुनावमा केही कम सिट जितेको भए पनि मुद्दामा आफूहरुकै जित भएको भन्दै ‘प्रचण्ड’ले यो निर्वाचनमा माओवादी नै विजयी भएको गौरव स्वीकारेर उच्च मनोबलका साथ जनताको सेवामा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले सिंहदरबारको अधिकार गाउँमा ल्याउन सफल भएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...