Friday, June 23, 2017

चुनावपछि उपलब्धि संस्थागत हुने :प्रधानमन्त्री

धनगढी, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह, प्रान्त र सङ्घीय चुनावपछि संविधानको कार्यान्वयन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताउनुभएको छ ।

आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आसन्न चुनावका लागि सुरक्षा व्यवस्था सुदृढ पारिएको बताउनुभयो ।

साविक सुदूरपश्चिमको विकासका लागि पञ्चेश्वर जलविद्युत परियोजना र पश्चिम सेती परियोजनाको कार्यान्वयन गर्न लागिएको बताउँदै उहाँले दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले विजय पाउने पनि बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...