Sunday, June 4, 2017

निर्देशक शिव शर्माले चलचित्र काले दाई बनाउदै


काठमाडौँ । उमंग चलचित्र निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचत्रि काले दाई बनाउने घोषणा गरेका छन् । आफ्नो छोरी सिद्धिका शर्मा दुई वर्ष प्रवेश गरेको जन्मदिनकै दिन आज उनले यो चलचित्र बनाउने उद्घोष गरेका हुन् र चलचित्र बिकाश बोर्डमा दर्ता गराएका छन् ।

चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा चलचित्र बन्न लागेको हो । चलचित्रमा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरु भट्ट, सुर्य चन्द, कविता शर्मा, राम थापा, गिता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गिता नेपाल जनक बर्तौला लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको छाँयांकन यहि आउदो असार ५ बाट सुरु हुनेछ । काभ्रे, काठमाडौं, चितवनमा चलचित्रको छाँयांकन गरिने निर्माण नियन्त्रक शंकर बस्नेतले जानकारी दिए । यो चलचित्रले गण्डक क्षेत्रको ग्रामिण परिवेशलाई बोक्नेछ । चलचित्रमा प्रेम र हाँसो दुवै समावेश हुने निर्देशक शिब शर्माले बताए । निर्देशक शिब शर्मा नेपाल टेलिभिजन बाट हरेक आइतबार प्रसारण हुने हास्य टेलिचलचित्र हाक्का हाक्कीको चर्चित पात्र तथा ईपिसोड निर्देशक, चलचित्र नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशक समेत रहेका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...