Wednesday, June 28, 2017

भ्रामक समाचार प्रति जोशीको ध्यानाकर्षण

एनआरएनए अमेरिकाको अध्यक्ष पदका उम्मेदवार गौरीराज जोशीले भ्रामक समाचारको पछि नलाग्न आग्रह गर्नु भएको छ । पत्रकारिता मूल्य मान्यता र आचार संहितलाई भुलेर अर्काको व्यक्तिगत जीवन प्रति आक्षेप लगाएर चरित्र हत्या गर्न खोज्नु साह्रै निन्दनिय काम भएको उहाँले बताउनु भयो ।

‘कुनै राजनीति पार्टीमा लागेको र चुनावी मैदानमा उत्रदा गुटगत राजनीति गरेको भन्ने भ्रामक हल्लामात्र हो,’ उहाँले भन्नु भयो ‘ यो मेरो व्यक्तिगत जीवन र सामाजिक अभियान प्रति भ्रम पैदा गर्न रचिएको प्रपन्च मात्र हो ।’

म यसको खण्डन गर्छु, एक निष्ठ, संर्घषशिल, अध्ययनशिल तथा सदाचारी छवि भएको सामाजिक एवम् व्यवसायिक व्यक्तित्वले संस्थामा गर्ने हरेक काम नवीन, उदाहरणीय बढी प्रभावशाली हुने हुँदा उहाँहरूमा दुसभावना पैदा भएको हो । ‘म मेरा अग्रज, जनसम्पर्क समिति तथा अन्य शुभचिन्तकहरूको राय, सल्लाह, सुझाव र आग्रहमा चुनावी मैदानमा उत्रिएको हुँ र म अध्यक्ष पदका लागि सक्षम पनि छु ।’

“म मेरा अग्रज एनआरएनए एनसीसीका अभियन्ता मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, सामाजिक प्रतिष्ठित व्यक्तितवहरू, अमेरिकी मुलुकमा रहनु भएका नेपाली समुदायमा रहनु भएका नेपाली राजनीतिक पाटी तथा संघ संस्थामा आवद्ध व्यक्तिव तथा अन्य शुभचिन्तकहरूको राय, सल्लाह, सुझाव र आग्रहमा चुनावी मैदानमा उत्रिएको हुँ र मेरो सानै उमेर देखिको समाज सेवा प्रति लगाव र लामो समय देखि यो संस्था संगको संलग्नताले पनि म अध्यक्ष पदका लागि सक्षम र योग्य पनि छु ।’

मेरो नेतृत्वमा संस्थाले काँचुली फर्ने डरमा साथीहरूले म माथि भ्रम पैदा गराएर संस्थाको बद्नाम गर्न खोजेकामा मेरो ध्यानाकर्षण भएको छ । अमेरिका जस्तो प्रजातान्त्रिक मुलकमा प्रजातन्त्रको अभ्यास निर्वाचनमा जान डराउदै अरुप्रति भ्रम पैदा गर्न खोज्नु असफल र अव्यवहारिक प्रयासमात्र हुने हुने कुरा सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छु । पित प्रत्रकारिता छाडेर सत्य र तथ्यमा आधारित समाचारमात्र सम्प्रेषण गर्न पनि उहाँलाई आग्रह गर्दछु ।

यहाँहरूको साथ र हौसलाले म तपाई हामी सबैको साझा र बलियो एनआरएनए अमेरिका बनाउने अभियानमा जुटेको छु । चुनावी माहोल तातेसँगै म अहिले अमेरिकाको विभिन्न राज्यमा रहनुभएका एनआरएन साथीहरुसँग भेटघाट, अन्तरक्रिया र छलफलका क्रममा हिडिरहेको छु । यहाँहरूले म प्रति देखाउनु भएको माया र साथले मलाई थप उत्साहित बनाएको छ ।

विश्वास छ, यहाँहरूले मलाई अमूल्य मत दिएर आगामी चुनावमा विजय गराउनु हुनेछ । मैले निर्वाचन जित्ने निश्चित भएको थाहा पाएर यसलाई बिथोल्न का लागि नियोजित रुपमा शुरु गरिएका यस्ता भ्रामक समाचार प्रति म खेद व्यक्त गर्न चाहन्छु । यस्ता बदनियत पूर्ण, कपोलकल्पित र भ्रामक समाचारले समाजमा विभाजन मात्र गर्दैन यसले हाम्रो सामाजिक सम्मान र मर्यादामा समेत संकट निम्त्याउँदछ ।

पत्रकार आचार संहिता २०७३ को दफा ३ मा पेशागत मर्यादा र व्यवहार अन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र विश्वसनीय तथा सत्य तथ्यमा आधारित समाचारमात्र सम्प्रेषण गर्न पाउने व्यवस्था गरिएको छ । समाचार संकलन गर्दा सामाजिक शिष्टतापूर्वक सभ्य भइ अरुको मान सम्मानमा आँच नआउने गरी गर्नु पर्ने उल्लेख छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...