Thursday, June 8, 2017

तिजको गित टिकी पनि रातोको छायांकन समाप्त

काठमाडौँ : हिन्दु महिलाहरुको महान चाड तिज नजिकै जादा तिजको गितहरुको म्युजिक भिडियो आउने क्रम जारि छ l पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चा बटुलेका चल्तीका संगीतकार तथा गायक टंक बुढाथोकीको शब्द संगीत रहेको बहु प्रतिक्षित गित “टिकी पनि रातो”को म्युजिक भिडियोको छायांकन समाप्त भएको छ l

 

गायक टंक बुढाथोकी, गायिका सरु गौतम, अनु गौतम, दिपक खतिवडा, अभ्यास भट्टराई तथा अनिशा भट्टराईको सुमधुर आवाज रहेको उक्त गित समय सपेक्षित रुपमा बनेको छ र सम्पूर्ण नेपालीहरुको माया पाउन सफल हुनेमा गायक गायिकाहरु ढुक्क छन l कलाकार तथा मोडल महादेव त्रिपाठी, करिश्मा ढकाल, राजेन्द्र गिरि, दिनेश भट्टराइ, मन्जु भट्टराई, अभ्यास भट्टराई, अनिशा भट्टराई तथा आदेश भट्टराईको जोडदार अभिनय उक्त म्युजिक भिडियोमा रहेको छ l यस म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका छन् भने सल्लाहाकारमा रुपेश न्यौपाने रहेका छन् l “टिकी पनि रातो”को म्युजिक भिडियोलाई दिनेश भट्टराई तथा मन्जु भट्टराईले चाडैनै नेपाली सांगीतिक बजारमा लिएर आउन लागेका हुन  l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...