Saturday, June 3, 2017

अमेरिका नेपाल सहयोगी समाजलाई मजबुत र समुदायमुखी बनाउन सल्लाहकार सहित बिभिन्न समिति को गठन

अमेरिका नेपाल सहयोगी समाजले संस्थालाई अझ मजबुत ,सशक्त र समुदायमुखी बनाउने हेतुले बिभिन्न समिति को गठन गरेको छ l भर्जिनिया को मनासस शहरमा सन् २००८ मा स्थापना भएको डीसी क्षेत्र को क्रियाशील सामाजिक संस्थाले थप सल्लाहकारहरु मनोनित गर्दै २१ जना पुर्याएको छ l

उक्त सल्लाहकारहरु कार्यकारी समिति को बसेको पहिलो बैठकले निर्णय गरेको हो l मधु सुदन पन्थी संरक्षक रहेको उक्त सल्लाहकारहरुमा अनुप पहाडी (बिद्या वारिधि ),गोपाल रेग्मी ,सागर कंडेल ,तिलक खरेल ,पदम राज रेग्मी ,कलम भट्टराई बाबुराम शर्मा ,विजय थापा ,केदार तिमिल्सिना ,राजन घिमिरे ,कबिन्द्र सिटौला ,प्रेम संग्रौला मन्दिरा मैनाली ,उत्तम गौतम ,जानु ओझा ,बासु सत्याल ,राजिव मैनाली ,ठाकुर ढकाल ,पुरु सुबेदी तथा मोहन बस्ताकोटी रहेका छन् l

यस्तै गरि उप समितिहरुमा गठन भएका छन् l जसमा शिक्षा संयोजक सहित ७ सदस्यीय समिति ,कार्यक्रम संयोजक सहित ५ सदस्यीय समिति ,यसै गरि ५ सदस्यीय युवा समिति ,यसै गरि ५ सदस्यीय समिति सहित आर्थिक समिति तथा ५ सदस्यीय सदस्यता वृद्धि संयोजक सहित समिति गठन गरिएको छ l

यसै गरि अमेरिका नेपाल सहयोगी समाजले १ सय १ सदस्यीय युवा क्लब (अड्डा) पनि गठन गरेको छ l र आगामी अगस्त ५ तारिख स्वस्थ्य शिबिर,तीज कार्यक्रम अगस्त १९ तारिख ,दशैं तिहार कार्यक्रम अक्टोबर १४ तारिख ,हे मार्केट दिवस सेप्टेम्बर १६ तारिख को साथै सिटि अफ मनासस दिवस पनि मनाउने समय तोकेको छ l

अमेरिका नेपाल सहयोगी समाजमा खरेल तथा अन्य पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका थिए l गत अप्रिल ३० तारिखमा भएको साधारण सभाले नया कार्यकारी समितिको गठन गर्दै अध्यक्ष पदमा कमला खरेल निर्वाचित गरेको थियो l

निर्वाचित हुने पदाधिकारिहरुमा कमला खरेल अध्यक्ष , मुक्ता पौडेल उपाधक्ष्य ,बिवस अर्याल सचिव ,आरती सिग्देल सहायक सचिव तथा लक्ष्मण सापकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् यसै गरि कार्यकारी समितिमा रोम ज्ञवाली ,बिष्णु शर्मा ,उमेश अधिकारी ,किशोर ढुंगाना ,शान्त न्यौपाने तथा मौशम श्रेष्ठ रहेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...