Monday, June 19, 2017

फर्जी कागजातका आधारमा लिएको नागरिकता रद्द

नुवाकोट, ५ असार । जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ ।

किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर विश्वकर्माले जानकारी दिनुभयो । “तामाङको नागरिकतामा उल्लेख भएअनुसार बाबु÷आमा नभएको र फर्जी कागजात बनाएर नागरिकताको प्रमाणपत्र लिएको पाइएपछि २०७३ माघ ११ गते जारी नागरिकताको प्रमाणपत्र रद्द गरिएको प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो ।

“स्थानीय क्षेत्रबाट मुचुल्का र गाविसको कार्यालयबाट समेत स्वीकृत लिएर आएपछि क्याट्रिना तामाङलाई नागरिकताको प्रमाणपत्र दिएका थियौँ ।” उहाँले भन्नुभयो “पेस भएको कागजात फर्जी र गैरकानुनी पाइएपछि नुवाकोट प्रशासनले रद्द गरी त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाएका छौँ ।”

तामाङले प्राप्त गरेको नेपाली नागरिकताको आधारमा राहदानीको फारामसमेत भरिसकेकाले त्यसलाई पनि रद्द गर्न पराराष्ट्र मन्त्रालय, राहदानी विभागमा नुवाकोट प्रशासनले पत्राचार गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...