Monday, June 12, 2017

बोस्टनमा एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टरको नि:शूल्क दन्त परीक्षण शिविर सम्पन्न

नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (‘एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टर)ले बोस्टनमा नि:शूल्क दन्त परिक्षण शिविर आयोजना गरेको छ । ‘समरभिल मिडिया सेन्टर’ समरभिलमा आयोजित शिविर डा. गरिमा राना र ‘वेस्ट ब्रडवे फेमिली डेन्टल’को सहयोगमा सम्पन्न भएको थियो ।

सञ्जालको न्युइङ्ल्यान्ड च्याप्टर अध्यक्ष निर्मला शेरचनका अनुसार शिविरमा करिव पाँच दर्जन सहभागीले नि:शूल्क दन्त परिक्षण गराएका थिए । सहभागीहरूलाई दाँत माझ्ने ब्रस र मन्जन पनि नि:शूल्क उपलब्ध गराइएको थियो ।

सञ्जालको केन्द्रीय अध्यक्ष रुक्मिणी कार्कीले आफ्नो संस्थाले महिलाको हक र हितका साथसाथै यस्ता समाजिक कार्क्रमहरू पनि गर्दै जाने कुरा बनाउनु भयो ।कार्यक्रममा ‘एनडव्लुजीएन’- न्युइङ्ल्यान्ड च्याप्टरका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...