Thursday, June 22, 2017

पूर्व राष्ट्रिय फुटबल खेलाडी शाही पक्राउ

काठमाडौँ, ८ असार । प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीलाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले शाहीलाई आज टोखाबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले क्यानडा पठाइदिन्छु भन्दै युवालाई ठगी गरेको भन्दै परेको उजुरीको आधारमा अनुसन्धानका लागि शाहीलाई पक्राउ गरीएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– क्यानडा पठाइदिन्छु भन्दै उनले २५÷३० जना युवाबाट रु दुई लाख ५० हजारका दरले लिएको रसिद फेला परेको छ । रसिद दिएको भन्दा पनि बढी पैसा लिएको पीडित युवाले बताएका छन् ।

क्यानडा पठाइदिन्छु भन्दै रकम उठाए पनि लामो समयसम्म नपठाएपछि पीडित युवाले प्रहरीमा उजुरी गरेका थिए । शाही अखिल नेपाल फुटबल सङ्घका पूर्व महासचिव तथा पूर्व राष्ट्रिय गोलकिपर हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...