केहि बर्ष यता देखि अमेरिका को न्युयोर्क शहरमा बसोबास गर्दै आएकी छु। अमेरिका आएको शुरुको दिनहरु देखि नै एक स्थापित व्यवसायिक गायिका भएर पनि बिना पारिश्रमिक याँहा स्थित विभिन्न संघ संस्थाहरु मा महत्व पूर्ण योगदान पुर्याउदै आएकी छु। चाहे त्यो कुनै ethnic समूह को कार्यक्रम होस्, चाहे साहित्यिक समाज को वा NRN को सांस्कृतिक देखि लिएर अर्थ संकलन कार्यक्रम नै किन नहोस ।
त्यस्तै गरि नेपाल मा भुकम्प जाँदा रकम संकलनको लागि सहयोग को साथै अमेरिका स्थित नेपाली समुदया मा परेका आपत बिपत मा रकम सहयोगार्थ कार्यक्रमहरुमा पनि अग्रणी भूमिका निभाएको छु। नेपाली संस्कृति तथा लोक गायन को बिस्तार को लागि स्थानीय अमेरिकी समुदायमा सहभागी हुँदै आइरहेको छु । अमेरिका आएको वर्ष देखि NRN को सदस्य छु। अरु संस्थाहरु सित आबद्द भएर पनि NRN नेपाली हरुको साझा platform को रुप मा फस्टाउनु पर्छ भन्ने मेरो विचार छ। अमेरिका मा NRNA ले अझै स्थायित्व पाउन सकेको छैन । आगामी चुनाबमा नेतृत्व लिन खोज्नु भएका व्यक्तित्वहरु सक्क्ष्यम सिक्षित छन्। तर खट्केको कुरा के छ भने उहांहरु नेपालको राजनीति बाट बाहिर आउन सक्नु भएको छैन।
अबश्य पनि नेपालको माया हामी सबैलाई छ। तर गैर आबसिय नेपाली हामी यस देश मा हाम्रो आबस्यकता अनि चुनौतिहरु यस देश कै बाताबरण अनुरुप पुरा गर्नुपर्ने हुन्छ । आज म NRN Usa को Board of Director उमेद्वार को रुप मा यहाँहरु सबै गैर आबसिय नेपाली हरु संग vote माग्न चहान्छु। मैले आफुलाई कुनै गुट, उपगुट अनि संकिर्णतामा बाँध्न चाहेको छैन।
म सम्पूर्ण गैर आबसिय नेपालीहरु को प्रतिनिधित्व गर्न चाहन्छु । र सबैलाई समान सेवा पुर्याउन चाहन्छु। म इमान्दार , परिस्रमि र स्वबिबेकी छु तसर्थ कुनै पनि नेतृत्व संग काम गर्न सक्छु र गैर आबसिय नेपाली हरुको यस संस्था भित्र एउटा स्वच्छ र स्वस्थ आवाज बन्न सक्छु। Board of Director मा यहाहरुले मलाई जिताउनु भयो भने मेरो प्राथमिकता NRN को पहिचान अनि प्रगति, नेपाली भाषा, साहित्य, र संस्कृति को जगेर्ना तथा बिकाश अनि बिषेशत गैर आबसिय नेपाली हरुको यस संस्था लाई पारदर्शी तथा सबै वर्ग,जाति, भाषा भाषी, धर्म का गैर आवासीय नेपालीलाई समान अधिकार दिई उनीहरुको हित मा काम गर्न सक्ने एउटा साझा Platform बनाउने काम गर्नेछु।
No comments:
Post a Comment