Saturday, June 3, 2017

नेपाली युवतीलाई कक्षाकोठा बाटै पक्राउ गरि सपरिवार नेपाल फिर्ता गरेपछि ,जर्मनी भरि बिरोध

जर्मनीको दुइस्बुर्ग राज्यमा लामो समय देखि बसोबास गर्दै आएको एक नेपाली परिवारलाई जर्मन प्रशासनले नेपाल फिर्ता पठाएको छ । उक्त परिवार संगै उनकै १४ बर्षिय छोरी जो जर्मनी मै जन्मेर जर्मनीकै स्कुलमा अध्ययनरत थिइन् उनलाइ पनि नेपाल फिर्ता गरिए पछि जर्मन प्रशासनको उक्त कदमको जर्मनी भरि बिरोध भएको छ l जर्मनीका प्रमुख संचार माध्यमहरुले उक्त खबरलाई प्राथमिकताका साथ प्रशारण गरेका छन् ।
जर्मनीको दुइस्बुर्गर उच्चमाध्यामिक बिद्यालयमा अध्ययनरत छात्रा बिभ्सिलाई अध्यागमन विभागका कर्मचारीले स्कुलबाटै पक्राउ गरेका थिए । उनलाई पक्राउ गर्न स्कुल समयमै अध्यागमनका कर्मचारी बिद्यालय पुगेका थिए भने बिद्यालय प्रशासनलाई यसबारे केहि समय पहिला मात्र जानकारी गराइएको थियो |

अध्यागमन कर्मचारी बिद्यालय पुगेपछि एक शिक्षकले बिभ्सीलाइ कक्षाकोठाबाट उनको कार्यकक्षमा बोलाएर सबै जानकारी गराएका थिए भने अध्यागमनका कर्मचारीले बिभ्सीलाइ लिएर सिधै उनको घर हुँदै फ्रान्कफर्ट विमानस्थल पुर्याई अध्यागमन प्रहरीको जिम्मा लगाइएको थियो ।

यता दुइस्बुर्गको स्थानीय संचारमाध्यमले बिभ्सीको कारुणिक स्काईप् अन्तर्वार्ता प्रशारण गरेको छ । जहाँ बिभ्सिले आफुलाई कक्षाकोठा बाटै पक्राउ गरिएको र सिधै आफ्नो रुममा पुर्याई केहि समान मात्र ल्याउन दिइएको बताएकी छन् | आफुले चाहिने केहि अत्यावश्यक बस्तुमात्र ल्याउन सकेको बताएकि छिन् |

उनका स्कुल साथीहरुले उनको बिषयमा गरेको बिरोध प्रदर्शन र आफु प्रति देखाएको एक्यबद्दता बाट आफु एकदमै खुसि भएको र आफुले सबैलाइ धन्यबाद दिन चाहेको बताएकी छन् । आफु नेपाली भए पनि जर्मनी मै जन्मिएको र नेपाली भाषा बुझेता पनि बोल्न भने राम्रो संग नआउने र भविश्यमा नेपालमा शिक्षा लिन कठिनाइ हुने उनले उक्त अन्तर्वार्तामा बताएकी छिन् ।

अहिले जर्मनीमा बिभ्सि र उनका आमाबाबुलाइ जर्मन फिर्ता गर्नका लागि उनका बिद्यालयका साथीहरु लगाएत जर्मनीका विभिन्न सहयोगी संस्थाहरुले हस्ताक्षर(bürgerinitiativen – नागरिक पहल) अभियान चालेको छ ।

उक्त नागरिक पहल अभियानमा हस्ताक्षर ३१.०८.२०१७ सम्म गरि सक्नु पर्ने रहेको छ ।नागरिक पहल नियम अनुसार तोकिएको निश्चित हस्ताक्षर पुगेमा बिभ्सि र उनका आमाबाबुलाइ जर्मनी नियम अनुसार फिर्ता गर्ने वा नगर्ने निर्णय गर्ने छ ।

बिभ्सि र उनका आमाबाबुलाइ जर्मन फिर्ता गर्नका लागि नागरिक पहल अभियानमा हस्ताक्षर गर्ने लिंक तल उल्लेखित रहेको छ ।

http://bit.ly/2sC3yuV

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...