Tuesday, June 27, 2017

मेरो डान्स कप युएसए २०१७ मा निर्णायकमा नायिका केकी अधिकारी छनौट

अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो l

आयोजकले बताए अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए l निर्णायक मध्ये कै निर्णायक नायक दिलिप रायमाझी नेपालमा चलचित्रमा व्यस्त रहेकोले उनि उक्त कार्यक्रममा आउन असमर्थ भए पछि आयोजकले उनको बदलामा नायिका केकी अधिकारीलाई नियुक्त गरेको बताएको छ l

नायिका केकी अधिकारी जुलाई को पहिलो हप्तामा अमेरिका आउने भएकी छिन् l उनि अमेरिका नेपला बाट सोझै नआई बेलायत बात आउने भएको आयोजकले जानकारी दिएका छन् l

कार्यक्रम को खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।

lअमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको छ l
तस्बिर :केकी अधिकारी फेसबुक (अनुहार किताब )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...