Thursday, June 8, 2017

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकार सञ्चालनका विषयमा छलफल

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गर्नुभएको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा आज साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी गर्नुभएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...