Monday, June 26, 2017

डिसीमा ११ औ पटक लूट-पाट गर्ने संदिग्ध किशोर प्रक्राउ

डिसी महानगर क्षेत्रमा ११ औ पटक सम्म लूट-पाट गर्ने संदिग्ध किशोरलाई डिसी प्रहरीले पक्राउ गरेको छ l किशोरलाई डिसी क्षेत्रमा बन्दुक ,चक्कु ,छडी तथा ब्रुस्ली ले चलाउने जस्तै नन चक्स प्रयोग गरेको आरोपमा पक्राउ गरिएको छ l

१६ बर्षिय संदिग्ध किशोर लाई शनिबार जुन २४ गते पक्राउ गरिएको हो भने उनलाई अन्य लुटपाट एकल तथा अन्य संग साथ मई ६ देखि जुन २१ सम्म उनले गरेको लुटपाटको लागि आरोप लगाइएको डिसी प्रहरीले जनाएको छ l

उनले सामुहिक तथा एकल रुपमा आक्रमण तथा लुटपाट सम्बन्धि संलग्न भएको र उक्त आक्रमण जुन १७ देखि जुन १९ सम्म भएको आधारमा उनलाई पक्राउ गरिएको छ l

उनले ज्यादा जसो आक्रमण चक्कु तथा बन्दुक प्रयोग गरेको तर अत्यधिक रुपमा लट्ठी प्रयोग गरेको बयान प्रहरीले दिएका छन् l संदिग्ध किशोरले जुन १७ मा ब्रुस ली ले प्रयोग गर्ने नन चक्स प्रयोग गरेर घुम्ती (मोबाइल )लिएर बेपत्ता भएका समाचार दी एसोसिएट प्रेस ले लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...