Wednesday, June 21, 2017

‘योग विज्ञानमा आधारित छ’

काठमाडौँ, ७ असार । विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित अन्तक्र्रियामा वक्ताले योग कुनै खास धर्मसँग सम्बद्ध नभई विशुद्ध विज्ञानमा आधारित अभ्यास भएको बताउनुभएको छ ।

झन्डै पाँच हजार वर्ष पुरानो योग विज्ञानलाई सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घमा जुन २१ तारिखको दिनलाई विश्व योग दिवसका रुपमा मनाउन गरेको प्रस्ताव अनुमोदन भएपछि हरेक वर्ष नेपालमा पनि योग दिवस मनाइँदै आएको छ ।

विश्व योग दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले योगाभ्यास कुनै जात, धर्म तथा सम्प्रदायभित्र सीमित नरहेको बताउँदै ध्यान, समाधि, मुद्रा तथा आत्मविकासका लागि योग महत्वपूर्ण रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले योगलाई विद्यालय तहमा पनि पठनपाठनका लागि मन्त्रालयले नीतिगत निर्देशन दिइसकिएको जानकारी दिनुभयो । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले योगले मष्तिष्क र शरीरलाई जोड्ने भएकाले योग गरेर स्वच्छ बन्न सबैसँग आग्रह गर्नुभयो ।
स्वामी आनन्द अरुणले योगबाट प्राणमय शरीर, मनोमय शरीर, विज्ञानमय कोष, आनन्दमय कोष, ब्रह्म काय र निर्वाण प्राप्त हुने बताउनुभयो ।

उहाँले इसाई, यहुदी आदि धर्ममा आनन्दमयसम्म प्राप्त गर्न सकिने तर हिन्दूधर्ममा ब्रह्मकाय र बुद्धधर्ममा निर्वाणसम्म प्राप्त गर्नसक्ने अवस्था छ भन्दै बुद्धजयन्तीलाई विश्व ध्यान दिवसका रुपमा मनाउन सरकारसँग आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...