Monday, June 12, 2017

टेक्ससमा एचडिएनपी द्वारा घरबार बिहिनलाई भोजन

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले त्रैमासिक रुपमा संचालन गरि रहेको घरबार बिहिन तथा अशक्तलाई भोजन गराएको छ l गत जुन १० तारिख टेक्सस राज्यको ड्यालस को फोर्टवर्थको युनिटी पार्कमा ४ सय ८५ जना लाई खाना खुवाएको हो l

उक्त त्रैमासिक रुपमा भोजन खुवाउनको लागि सहयोग गर्ने प्रायोजक ,स्वयम सेवक तथा कर्मचारीहरुमा बिशेष धन्यबाद संस्थापक देवी आचार्यले दिएका छन् l टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराउदै आएको छ l उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l

यस्को साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गर्दै आएको छ l एचडीएनपी इन्टरनेसनल ले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ l र यस पुन्य काम को लागि सहयोग गर्न संघ/संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न चाहना राख्ने सवैमा आग्रह समेत गरेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...