Sunday, June 18, 2017

अल्ट्रा धावक एवं कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु

काठमाडौं, ४ असार । अल्ट्रा धावक एवं कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ । प्युठान घर भएका पण्डितको अमेरिकाकाफो अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा हाई अल्टच्युडका कारण मृत्यु भएको न्युयोर्कस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका प्रवक्ता प्रकाश श्रेष्ठका अनुसार अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित ६ हजार १ सय ९० मिटर अग्लो उक्त हिमाल आरोहणका क्रममा पण्डितको शुक्रबार निधन भएको हो । पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल र विश्वका थुप्रै हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

नेपाली दूतावासले खराब मौसमका कारण उनको शव ल्याउन कठिन भएको र मौसमले साथ दिए २ दिन भित्रमा नेपाल पठाइने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...