Tuesday, June 6, 2017

गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)

 

काठमाडौँ : गायिका पुनम देभान्सिले “म हु निश्चल कोपिला” भन्दै मन छुने रुवाउने गित लिएर आएकी छिन l नेपाली समाजमा भएको छोरी प्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्ने छ l गायिका पुनम देभान्सिको सुमधुर स्वरमा रहेको म हु निश्चल कोपिलालाइ निर्देशक शिब शर्माले सुन्दर रुपमा सबै नेपालीहरुलाई सामाजिक रुपमा समाजमा सकारत्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियो तयार गरेका छन l गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत रहेको छ l

 

 

 

 

अभिनेत्री कबिता शर्मा, आर के मानन्धर, संचारकर्मी सुर्य चन्द , गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजा केसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन l सिद्दिका फिल्म द्वारा निर्मित म्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन l भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...