Saturday, June 24, 2017

एमालेको विजयलाई कसैले रोक्न सक्दैन : अध्यक्ष ओली

उर्लाबारी (मोरङ), १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पहिलोचरणको भन्दा दोस्रोचरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गर्नुभयो । एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भन्नुभयो – “राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ”। यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै उहाँले भन्नुभयो – “उर्लाबारीको समग्र विकासका लागि गुरुयोजना बनाएर एमाले अघि बढ्छ । हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पीडाको विषय बनेको थियो अब ती पीडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने छ”। आफूले देश बनाउने कुरा गर्दा विपक्षी दलले अनेकथरी आरोप लगाएको भन्दै ओलीले भन्नुभयो – “हामी विकास निर्माणको कुरा गर्छौ, उनीहरु त्यसलाई उखान टुक्का बुझ्छन् । देश बनाउने सङ्कल्प बोकेर हिँडेकै कारण आफ्नो पार्टी कसैसँग पनि झुक्दैन् ।”

सभामा एमाले केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राख्नुभएको थियो । सभामा उर्लाबारीको नगर प्रमुख पदका उम्मेदवार भुपालसिंह जिमी र उपप्रमुख पदकी उम्मेदवार लक्ष्मी भण्डारीले आफ्ना प्रतिबद्धता राख्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...