Wednesday, June 7, 2017

साहित्यकार गोविन्द गिरी प्रेरणा ३० घण्टापछि अस्पतालवाट घर फिर्ता

विगत ४० वर्षदेखि नेपाली साहित्यमा नेपालदेखि अमेरिकासम्म निरन्तर साहित्य रचनामा लागेका साहित्यकार गोविन्द गिरी प्रेरणा अचानक अस्वस्थ भै हिजो जुन ६ का दिन विहान ९वजे मनासस भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल सेण्टरको आकस्मिक कक्षमा पुर्याइएको थियो ।

त्यसपछि निरन्तर ३० घण्टा मष्तिष्क, मुटु, रगत र विविध परिक्षण र उपचार पश्चात् खतरामुक्त भएपछि आज साँझ घर फिर्ता भएका छन् । पारिवारिक सूत्रका अनुसार थप परिक्षण र उपचार जारी रहनेछ ।

साहित्याकार प्रेरणाको पहिलो रचना ४० वर्षअघि २०३४ साल फागुनमा प्रकाशित भएको थियो र हालसम्म उनी निरन्तर विभिन्न विधामा लेखिरहेका छन् । उनका मौलिक २२ तथा सम्पादन अनुवाद १० गरी ३२ पुस्तक प्रकाशित छन् । उनी अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक महासचिव तथा पछि अध्यक्ष रहेका थिए ।

हाल उनले अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना गरेर साहित्यिक गतिविधि गरिरहेका छन् । उनी गत वर्ष डिसी मेट्रो क्षेत्रमा स्थापित पहिलो नेपाली मनासस एभरेष्ट लायन्स क्लवका चार्टर प्रेसिडेण्ट पनि हुन् ।

उनले सन् २००७ देखि १० वर्षसम्म विश्वपरिक्रमा छापा पत्रिका प्रकाशन गरेपछि हाल भिपिकेअनलाइन न्यूज डटकम अनलाइन समाचार पोर्टलका माध्यमले मिडियामा समेत निरन्तर संलग्न छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...