Sunday, June 25, 2017

दुबई को लामो बासाई पछि मजदुर पत्रकार पाण्डे लाई बिदाई

मजदुर अनलाईन/दुबई। बैदेशिक रोजगारीमा रहदै एक दशक देखी युएइ मा कलम चलाउदै आएका नेपाल पत्रकार महासंघ युएइ शाखाका सदस्य तथा मजदुर अनलाइन डटकम का पुर्ब प्रधानसम्पादक साथै बर्तमान प्रबन्ध निर्देशक रहेका निमकान्त पाण्डे युएइ को बसाइलाई बिट मार्दै नेपाल फर्कने पूर्वसन्ध्यामा युएइ शाखाले एक कार्यक्रमका बिच प्रबास रहेर पत्रकारितामा योगदान पुर्याए वापत बिदाई तथा सम्मान गरेको छ।

करिब १७ वर्ष देखि युएई लाई आफ्नो कर्म थालो बनाएका पाण्डे आफुले पत्रकारिता गर्दा कुनै व्यक्ति बिसेष, समुदाय र राजनीति आस्था बाट बिचलित नभई बिशुद्ध मजदुरको पक्षमा रहदै उनीहरुका समस्या र पीडाको आवाजलाइ साथ दिएको बताए ।

नेपाल अरब डटकम बाट पत्रकारितामा प्रबेस गर्दै मजदुर अनलाईन डटकम मा ५ बर्ष प्रधान सम्पादक गरेका पाण्डे बरदुबई को शुभयात्रा ट्राभल्समा आयोजित बिदाइ कार्यक्रममा निकै भाबुक मुद्रामा “केटो आएको थिए बुढो भएर जादै छु” आफ्नो अनुभुति पोखेका थिए।

नेपाल पत्रकार महासंघ युएई शाखा का अध्यक्ष भुपराज बस्यालले सभापतित्वमा भएको उक्त कार्यक्रमलाई संकल्प खनाल,निमेष गिरि,एकेन्द्र थापा र बिनोद श्रेष्ठ क्रान्तिले मन्तब्य तथा शुभकामना राखेका थिए भने सचिब मेघराज सापकोटाले बिदाई कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा युएइमा क्रियासिल तथा महासंघका सदस्यहरुको उपस्थित रहेको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...