Wednesday, June 28, 2017

गैरआवसीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा सोमनाथ हुमागाईं (सुमन) को उम्मेदवारी घोषणा

गैरआवसीय नेपाली संघ अमेरिकाको निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा पनि सुरु भएको छ । हालै गैरआवसीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय परिषद्को युवा संयोजकमा सोमनाथ हुमागाईं (सुमन) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद् अन्तर्गत अमेरिकामा रहेका पन्द्र च्याप्टरमध्ये सबैभन्दा ठूलो न्यूयोर्क च्याप्टरमा युवा संयोजकको जिम्मेवारी पूरा गरिसकेका हुमागाईंले अहिले राष्ट्रिय युवा संयोजकमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । हुमागाईँ न्यूयोर्क च्याप्टरको युवा संयोजक हुँदा नेपालमा विनाशकारी भूकम्पले ८ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो । सो बेला आपतमा परेका नेपालीहरुका लागि सहयोग संकलन, राहत संकलन, वितरण आदि कार्यमा हुमागाईंले महत्वपूर्ण योगदान दिएका थिए ।


अमेरिकामै पनि उनले विभिन्न समस्यामा परेका नेपालीहरुको बसोबासलाई सहज बनाउन अमेरिकी सरकारलाई घचघच्याउन, नेपालीहरुको हितका लागि बहस पैरवी गर्न हुमागाईं क्रियाशील छन् । हुमागाईंको यस्ता योगदानले राष्ट्रिय युवा संयोजकको पदमा परेको उनको उम्मेदवारीको औचित्य पुष्टि हुन्छ । सात वर्षअघि अमेरिका पुगेका हुमागाई मोरङका हुन् ।
हाल अमेरिकामा करिव २ लाख ७० हजार नेपालीहरुको बसोबास छ भने गैर आवसीय नेपाली संघ अमेरिकाको निर्वाचनमा यसपटक १४ हजारको हारा-हारी मतदाता छन र मतदान भने अनलाईनमार्फत हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...