डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका रूप कार्की अमेरिकाको एटलान्टामा हुने अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको लागि मनोनयनमा परेका छन् l नेपाली मूलका खेलाडी उक्त खेलमा सहभागी र छनौट हुने कार्की ईतिहास मै पहिलो नेपाली बनेका छन् l
अमेरिकाको अहिले सम्म को इतिहास हेर्दा भारत्तोलन प्रतियोगितामा कुनै पनि नेपालीले यस्ता प्रतियोगितामा कार्की बाहेक कसैले पनि सहभगिता जनाएको देखिएको छैन भनि कार्की दावी गर्दछन l नामांकन गर्न मात्र १३ सय पौण्ड उठाएको हुनु पर्ने भएकोले कार्की ले त्यति वजन उठाएकोले उनलाई आमन्त्रण गरिएको हो l उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता नोवेम्बर १७ देखि १९ सम्म हुने छ l
इन्टरनेसनल पावर लिफ्टिंग लिग नामक उक्त प्रतियोगितामा करिव ३ सय प्रतिस्प्रद्धिहरुको सहभगिता हुने छ l कार्कीले आफु नेपाल र नेपालीको नाम र पहिचान गर्न कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् l कार्कीले २ सय २० पौन्ड तौल समुहमा सहभागिता जनाउने भएका छन् l
कार्कीले बिगतमा युएसपीए ( युनाईटेड स्टेट पावरलिफ्टिंग एसोसिएसन )भारत्तोलन प्रतिस्प्रद्धामा २ सय २० पौण्डको तौल समूहमा जम्मा १ हजार ३ सय ६२ पाउण्ड वजन उठाएर उत्कृष्ट भारोत्तोलक भएका थिए l उनले ड्रग टेस्टटेड उक्त खेलमा गरेको उत्कृष्ठ प्रदर्शनले नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका थिए l
उनले गत अप्रिल १ तारिख ,भर्जिनिया फेयर फ्याक्समा भएको प्रतिस्प्रद्धामा सम्पूर्ण अमेरिकाबाट आएका खेलाडीहरुलाई उछिनेका थिए भने यसै गरि उनले गत बर्ष डिसेम्बर १४ ,२०१६ मा भएको भर्जिनियाको हे मार्केट नामक शहरमा भएको भर्जिनिया राज्यको प्रतियोगितामा २४२ पाउण्ड समुहमा ड्रग नन टेस्टटेड खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए l
No comments:
Post a Comment