Wednesday, June 21, 2017

खेलाडी संघद्वारा पण्डितको निधनप्रति शोक व्यक्त

काठमाडौं, ७ असार । अमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका अल्ट्रा धावक एवं आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ ।

‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ’, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन् । साथै खेलाडी संघले शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

पण्डितको गत शुक्रबार ६ हजार १ सय ९० मिटर अग्लो डेनाली हिमाल ओरोहण गर्ने क्रममा ‘हाइ अल्टिच्यूट सिक्नेस’ का कारण निधन भएको थियो ।

प्युठानका २९ वर्षीय पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै विश्वका विभिन्न देशका अग्लो हिमालको सफल आरोहण गरिसकेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...