उनको लास फुक्क फुलिसकेर नराम्रो गन्ध आउन थालिसकेको थियो । वरिपरी झिगा र भुसुनाहरू भन्किन थालिसकेका थिए । ४८ घन्टा बिती सक्दा पनि लास लिनआएकोमा अस्पतालका कर्मचारीहरू पनि निकै दुखित देखिन्थे । अस्पताल कर्मचारी र गाउलेहरू बिच भित्र भित्रै ब्यापक गाइँ गुइँ चलिसकेको थियो ।
छौराछोरी नभएका पनि होइनन उनी ४ छोरा र २ छोरी कि आमा हुन । ५६ बर्ष मात्र पुगेकी थिइन उनि । श्रीमानको दुर्घटनामा परेर उमेर छदै मृत्यु भै सकेको थियो । आफुले खाई नखाइ दुख सुख गरेर सबै छोराछोरीहरू लाई बढ़ाई लेखाई गराइन उनले । सबैले जस्तै हाइस्कूल सकिए पछि गाऊँ छाडी शहरमा कलेज पठाइन उनले । त्यस दिन देखि आज सम्म आमा भनेर दुई बस्ने फ़ुर्सत भएन उनिहरू लाई ।
पढ़े लेखे जागिर खाए, बिबाह गरे, छोराछोरी भए, शहर तिरै रमाए । तर आमाको मन सधै भरि छोराछोरी आउने आसमा बाटो भरि आखा बिछ्याई रहिन ।
जेठो छोराले ब्यापार गर्छ, ठुलै शहरमा । राम्रो कमाएको छ भन्ने सुन्छु गाऊलेबाट । शहर मैं घरजम गरि बसेको छ उसले । नाती नातीना देख्ने ठुलो धोको थियो उनको, फुर्सद भएन उसलाई कहिल्यै । धेरै पटक फ़ोन गरेर पनि भनिन तर भेट्न कहिल्यै आएनन । “आमा भन्दा पैसा प्यारों भयो उसलाई ।”
माइलो छोरों सरकारी जागिर खान्छ । गाड़ी पाउने ठुलै अफिसर भएको छ । प्रेम बिबाह गरेको श्रीमतीको कुरा अलि बढ़ी सुन्छ भन्छन् गाऊलेहरू । आक्कल झुक्कल फ़ोन गरि हाल्यो भने पनि बिच मैं राखि दिन्छ । कुरो बुझ्नै गारो छ उसको । “आमा भन्दा श्रीमती प्यारों छ उसलाई पनि ।”
साइलो छोरों अमेरिका पढ्न गएको उतै हरायो । धेरै नै पढेको छ रे । नेपाल आउने मनै गर्दैन । भिसा पनि छैन रे । काग़ज़ात बनाउने धुन उतै अडकिएर बसेको छ भन्ने सुन्छु । “आमा भन्दा बिदेश प्यारों भयो उसलाई।”
कान्छो राम्ररी पढ्न लेख्न सकेन । आमा संग नै बसेको थियो । नपढी जागीर पाउने कुरै थिएन । खेती किसानी गरि खान धौ धौ नै थियो । आमा तिमीलाई कसैले हेरेनन । तिमीलाई दुई चार पैसा कमाएर हामी पनि शहरमा गएर शुख संग बसौला भन्ने सपना देखाएर अरब तिर लाग्यो । “मन भएको कर्म नभएको ।”
जेठी छोरी निक्कै राम्री थिइ । ठुलै घरानिया ख़ानदान बाट माग्न आए । केहि दिन पर्दैन, छोरी दिए पुग्छ भने । हामी पनि ठुलैको ओत लाग्ने आसमा मख्ख पर्दै छोरी दिइयो । कहिले काही फ़ोन सम्म गर्छे । आउन छोरी नातीना लिएर कस्तो देख्न मन लागेको छ भन्छु, कहिल्यै आइन । हामी गरिब संग भेट्न आउदा श्रीमानको इज़्ज़त जान्छ रे । “आमा भन्दा इज़्ज़त ठुलो ।”
कान्छी पढ्नमा टाठी बाठी, लै बिदेश जान्छु भन्दै अष्ट्रेलिया गई । उतै केटा साथी बनाएर बसेकी छ रे । कहिले काहि फ़ोन सम्म गर्छे । भेट्न आउन, एक महिना बस्ने गरि भन्दा , पढ्न र जागिर खान पर्छ, सधै फुर्सदै छैन भन्छे। “आमा भन्दा पढ़ाई प्यारों ।”
उनलाई खोकी लाग्न थालेको पनि घेरै नै भै सकेको थियो । शुरू शुरूमा रूघाखोकी होला भनेर हेल्थपोष्ट बाट उपचार शुरू गरिन उनले । सन्चो नभए पछि प्राइवेट क्लिनिकमा पुगीन ऊनि । २-४ दिन यसो सन्चो भए
No comments:
Post a Comment