Tuesday, June 27, 2017

दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सन को तयारी पुरा

आगामी जुन ३० देखि जुलाई २ सम्म हुने अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुन् गइ रहेको दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनको तयारी पुरा भएको छ l उक्त सम्मेलनमा सहभागी हुन् केहि अतिथिहरु नेपाल बाट अमेरिका आई सकेका छन् भने केहि सहभागीहरु आकाश मार्गमा उडी रहेको जानकारी कार्यक्रम संयोजक/बजार व्यवस्थापक प्याट्रिक सुबेदीले दिएका छन् ।

सबै समिति तथा उप समितिले आ-आफ्नो जिम्मेबारी बहन गर्दै सम्मेलनलाई पूर्ण सफलता बनाउन कुनै कसर नछोड्ने सुबेदीले थप जानकारी दिएका छन् l सम्मेलन को आकर्षण भेषभूषा प्रदर्शन को साथै खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन तथा बालबालिका प्रतिभा प्रतियोगिता सांस्कृतिक कार्यक्रम समेत रहने भएको छ l

सम्मेलन को आयोजना एफ १ समुहले गरेको हो भने नेपाली समाजमा टेक्सस को सहयतामा सम्मेलन गरिने भएको छ l अमेरिकाका विभिन्न राज्यहरु बाट हाल सम्म भकुण्डो खेलमा १२ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ l यसै गरि बास्केट बलमा ८ वटा टोलि ,भलिवल ५ वटा टोलि ,क्रिकेट ४ वटा टोलि तथा महिला तथा बालबालिकाका भलिवल र बास्केट बल खेल पनि संलग्न गरिने भएको छ

उक्त सम्मेलनको सांस्कृतिक कार्यक्रम अन्तर्गत मेगा कन्सर्टमा प्रज्वल बज्रचार्य ,राजेन्द्र कर्ण ,फिरोज स्याँग दन ,रेन्जी शेर्पा तथा रोकेश गुरुङ पूर्ण तयारीमा जुटेका छन् l

यसै गरि सांस्कृतिक कार्यक्रमको लागी नलिना चित्रकार ,सन्दिप छेत्री ,माम्पी घोष ,प्रियंका कार्की ,बिबेक श्रेष्ठ ,समिर आचार्य ,प्राथना ,भबिषा ,अनुषा कार्की ,सक्षम मिश्रा ,रस्मिता भण्डारी ,सोनी राज भण्डारीको प्रस्तुति को साथै स्थानीय प्रतिभाशाली कलाकारहरुको समेत प्रस्तुत रहने छन् l सांस्कृतिक कार्यक्रमको कार्यक्रम प्रस्तोता जिज्ञाशा अर्यालले गर्ने भएकी छिन् l

हरेक दिन डिजे रात्री हुने छ भने बालबालिकाको कार्यक्रमहरु पनि रहने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...