Monday, June 26, 2017

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रंप प्रशासनको यात्रा प्रतिबन्ध कार्वान्नयन गर्ने आदेश जारी

पुरुषोत्तम ढकाल, लसएन्जलस, १३ असार । अमेरिकी सर्वोच्च अदालतले ६ मुस्लिम बहुल देशका नागरिक माथी अमेरिका प्रवेशमा लगाएको ९० दिनको यात्रा प्रतिबन्ध कार्वान्नयन गर्ने अनुमति प्रदान गरेको छ । सर्वोच्च अदालतले तल्लो अदालतले दिएको आदेश परिवर्तन गर्दै ६ मुस्लिम बहुल देशका नागरिक माथी ट्रंप प्रशासनले कार्यकारी आदेश जारी गर्दै अमेरिका प्रवेशमा लगाएको ९० दिनको यात्रा प्रतिबन्ध कार्वान्नयन गर्ने अनुमति प्रदान गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रंपले अदालतले आज गरेको फैसलाको स्वागत गर्दै सर्वोच्चको यो फैसलाले अमेरिकी राष्ट्रिय सुरक्षाको जीत भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतको फसैला लगत्तै राष्ट्रपति ट्रंपले सोमबार एक विज्ञाप्ति जारी गर्दै भनेका छन्, ‘आज सर्वोच्च अदालतले गरेको फसैला अमेरिकी राष्ट्रिय सुरक्षाको जीत हो । आजको फैसलाले आतंकवाद संभावित ६ देश माथी यात्रा प्रतिबन्ध लगाउने अनुमति प्रदान गरेको छ । साथै शरणार्थी माथी लगाएको प्रतिबन्ध समेत पूर्ण रुपले लागु हुनेछ । एक जिम्मेवार राष्ट्रपतिको हैसियतले संकास्पद मान्छेहरुलाई अमेरिका आउने अनुमति दिन सक्तिन जसले हामीलाई नोक्सान पुर्याउन सक्छ ।’

यस अघि ट्रंप प्रशासनको यो कार्यकारी आदेश कार्वान्नयन नगर्न तल्ला दुई अदालतहरुले आफ्नो आदेश जारी गरेका थिए । जुन ९ मा सर्किट कोर्ट अफ अपिल्सले ट्रंप प्रशासनको आदेश बिरुद्ध फैसला गर्दै भनेको थियो, ‘अमेरिकी सरकारको उक्त फैसला राष्ट्रिय सुरक्षासंग नभै मुस्लिम समुदायलाई प्रभावित गर्ने उद्धेश्यले प्रेरित छ । त्यस लगत्तै फोर्थ सर्किट कोर्टले समेत ट्रंप प्रशासनको यो कार्यकारी आदेश कार्वान्यन नगर्न आदेश जारी गरेको थियो । स्मरण रहोस राष्ट्रपति ट्रंपले कार्यकारी आदेश जारी गर्दै पहिलो पटक यात्रा प्रतिबन्ध लगाएका थिए र साता नबित्दै जारी गरिएको यात्रा प्रतिबन्धको संसोधन आदेशमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति ट्रंपले २७ जनवरीका दिन ७ मुस्लिम देश इराक, ईरान, लीबिया, लेबनान, दक्षिण सुडान, यमन र सिरियाका नागरिकका हकमा लागु हुने गरी कम्तिमा ९० दिनका लागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । यसका अतिरिक्त राष्ट्रपति ट्रंपले आफुले जारी गरेको कार्यकारी आदेशमा सबै मुलुकका शरणार्थीहरुका लागि १२० दिन र सिरियाका शरणार्थीहरुको हकमा स्थायी प्रतिबन्ध लगाउने प्रस्ताव गरेका थिए । त्यतिबेला, कार्यकारी आदेश सार्वजनिक भए लगत्तै अमेरिकाभरिका एअरपोर्ट र सार्वजनिक स्थलमा ट्रंप प्रशासनको बिरुद्ध प्रदर्शन भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...