Thursday, June 1, 2017

लस एन्जल्समा बिभिन्न व्यक्तित्व सम्मानित

अमेरिका लस एन्जलस ३१ मे । साउदर्न क्यालिफोर्नियाको आर्टेसिया सहरमा आज एक समारोहका बिच महावाणिज्यदूतमा पदोन्नति भएका ऋषि ढकाललाई एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर लगायतका स्थानीय सङ्घ-संस्थाहरूले एक समारोहका बिच सम्मान गरेकाछन् । साउदर्न क्यालिफोर्नियामा रहेर पत्रकारिता गर्दै समुदायका सूचना र आवाज बाहिर पठाउन अहम भूमिका खेल्ने पत्रकार जगतलाई समेत सो समारोहमा सम्मान गरिएको थियो ।

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डेको सभापतित्व तथा नेपाल अमेरिका एकता समाजका अध्यक्ष सूर्य प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा बाल्टिमोर क्षेत्रका अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत प्रमुख अतिथि र अतिथिहरूमा सान डिएगो क्षेत्रका अवैतनिक महाबाणिज्यदूत ऋषि ढकाल, अमेरिकाको लागि नेपाली दूतावासका दितीय सचिव चक्र सुबेदी, आर्टेसिया सहरका मेयर अलि साजाद ताज, पर्यटन दुत रामेश्वर भण्डारी, एनआरएन आइसीसी सदस्य दिल बहादुर श्रेष्ठ, एनआरएन अमेरिकाका सल्लाहकार तथा फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगाना समाजसेवी बेदभक्त जोशी, प्रजातान्त्रिक योद्दा गणेश बहादुर कार्की रहेका थिए ।

सो समारोहमा प्रमुख अतिथि प्रेमराजा महत, अतिथि ऋषि ढकाल, श्रीपशुपतिनाथ फाउनडेसन युएसएका अध्यक्ष भक्त थापा, नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका पूर्व सचिव सुदिप पन्त, अमेरिकाको लागि नेपाली दुतावासका दितीय सचिव चक्र सुवेदी, पर्यटन दुत रामेश्वर भण्डारी, आर्टेसिया सहरका मेयर अलि साजाद ताज, एनआरएन आइसीसी सदस्य दिल बहादुर श्रेष्ठ, फ्रेन्ड्स अफ नेपालका अध्यक्ष मुकुन्द ढुंगाना,बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा,एएनएसका अध्यक्ष चिरन्जीवी गौतम, गणेश तिर्था फाउनडेशनको अध्यक्ष उमाकार्की थापा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर, श्रीपशुपतिनाथ फाउनडेसन युएसए, नेपाल अमेरिका एकता समाज, नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समिति, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर, अमेरिका नेपाल सोसाइटी, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्निया, गुरुङ समाज, तामांग सोसाइटी अफ क्यालिफोर्निया, मगर समाज क्यालिफोर्निया, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर,बौद्धिक संसार शैक्षिक प्रतिष्ठान, अमेरिका नेपाल चेम्बर अफ कमर्स, एफ वान ग्रुप, गणेश तिर्था फाउनडेशन लगायतका स्थानीय सङ्घ-संस्थाले सो कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रममा बौद्धिक संसार शैक्षिक प्रतिष्ठानका अध्यक्ष बलराम थापा, नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय सदस्य तथा प्रचार बिभाग प्रमुख गोकुल ढकाल,नेपाली जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन पाठक, प्रवासी नेपाली मञ्च-क्यालिफोर्निया राज्य समितिका अध्यक्ष विजय कटुवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका कोषाध्यक्ष शान्तिराम ढकाल, अमेरिका नेपाल सोसाइटीका अध्यक्ष चिरन गौतम, बुद्दिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष राम लामा, गणेश तिर्था फाउनडेशनका अध्यक्ष उमा कार्की थापा, एएनए अमेरिकाका पूर्व अध्यक्ष डा. शम्भु ढुंगाना, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि एकराज पाण्डे, अमेरिका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष गोकुल पौडेल, NWGN क्यालिफोर्निया च्याप्टर अध्यक्ष अमृता गैरे, गुरुङ समाज अध्यक्ष ज्ञानेन्द्र गुरुङ, तामांग सोसाइटी अफ क्यालिफोर्निया अध्यक्ष टेक लामा, ब्लड डोनर्स एसोसिएसन क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेब शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टर अध्यक्ष डन बहादुर कार्की, एफ वान ग्रुप अध्यक्ष विश्व सुबेदी, मगर समाज अध्यक्ष बखान थापा, एनआरएन अमेरिका महिला समितिका इन्दिरा त्रिपाठी र अस्ट्रो लक्ष्मी रानाभाट लगायत स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...