Friday, June 16, 2017

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

काठमाडौँ, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं २ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले यहाँ आज आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको विरोधमा जनस्तरमा झन्डाफोर गरिने बताउनुभयो ।

उहाँले एमालेले संविधानमा व्यवस्था भएअनुसार आगामी माघ ७ गतेभित्र सबै तहका निर्वाचन सम्पन्न हुनुपर्नेमा दिएको निरन्तर दबाबको परिणामले सरकार निर्वाचनमा जान बाध्य भए जिकिर गर्दै किस्ताबन्दीमा निर्वाचन गरेर अन्य तहका निर्वाचन समयमा नगरी संसद्को आयु लम्ब्याउने वा त्यस्ता संस्था भङ्ग गर्ने मनसायले यस्ता प्रयास भएका त होइनन् भन्ने शङ्का पैदा भएको बताउनुभयो ।

“निर्वाचनको तयारीमा जानुपर्ने समयमा अप्रासङ्गिक सिलसिलाबाट संविधान संशोधनको कुरा ल्याइयो । निर्वाचन आयोगले मिति सार्न मिल्दैन र सुरक्षाको प्रबन्ध छ भन्दाभन्दै सरकारले गरेको यो निर्णयले अन्ततः राजपामा पनि सन्तुष्ट देखिँदैन । हाम्रो पार्टीसँग त परामर्श नै गरिएन”, उहाँले भन्नुभयो । एक प्रसङ्गमा उहाँले विराटनगर महानगरपालिकामा एमालेले प्रमुखमा मात्र उम्मेदवारी दिएको बताउँदै त्यहाँ अन्य पक्षसँग तालमेल हुन सक्ने जनाउनुभयो ।
चौतारीका अध्यक्ष गणेश बस्नेतले निर्वाचनका समयमा चौतारीले नियमित अन्तरसंवाद गर्ने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...