Wednesday, June 21, 2017

संगीतको सुरमा उडिरहन मन लाग्छ : गायिका ममता दिपविम

लण्डन,आषाढ ८ । गीतकार भुपेन्द्र महतको रचना मायाप्रेममा आधारित ‘मनको कुरा, मनै भित्र बाधि नराख’ बोलको म्युजिक भिडियो लाई गायिका ममता दिपविमले हाईलाईटस् नेपालको आफ्नो सामाजिक संजाल युट्युव मार्फत सार्वजनिक गरेकी छन् ।

गीतकार भुपेन्द्रको मायाप्रेममा सजिएको रचनालाई दिपेश किसोर भट्टराईले मिठो संगीत भरेका छन् । एउटा सुन्दर जवानीलाई हरेक मोडबाट प्रेम बिनाको जीवन कथा अपुरो–अधुरो हुन सक्ने र जीवनको यात्रामा आफ्नो मनले खोजेको–रोजेको मान्छे पराई हुनलाई कुनै बेर नलाग्ने हुनाले प्रेमको प्रस्तावलाई निशाना मात्र नबनाई समय मै प्रस्ताव राख्न आग्रह गर्ने खालको नेपाली नयाँ पुस्तालाई सुहाउने सुन्दर विम्वहरुले मिठो माया र सम्वोधनको भाव गीतकार महतले प्रस्तुत गीतमा झल्काएका छन् ।

नृत्यको निर्देशनकालागि खटिएकी पुनम गुरुङले कुसुम गुरुङ अभिनीत भिडियोमा गायिका ममताको फिचरिङ रहेको छ । नरेन्द्र लिम्वुद्वारा निर्देशित ‘मनको कुरा’ वोलको भिडियोलाई ब्रान राईले भिडियो खिचेका हुन भने विनय कन्सकारले संम्पादन गरेका हुन् ।

नेपाली साङ्गीतिक यात्रामा छुट्टै आवाज लिएर एक समयमा निकै चर्चा बटुलेकी गायिका दिपविमले ‘सुरिलो रुख सल्लै हो’ तिम्रै यादमा कल्पि कल्पि जस्ता संगीतको कालजायी गीतहरु प्रस्तुत गरेर आफ्नो स्वरको प्रतिविम्वहरु नेपाली दर्शकहरुलाई देखाएर मन जितेकी थिईन् । नेपाली साङ्गीतिक आकाशमा उडिरहेकी दिपविमले ढेड दशक अघि वेलायती गोर्खा रेजिमेन्टको कालरात्रि कार्यक्रममा सांगीतिक भुकम्प चलाएकी थिईन् । उक्त रेजिमेन्टमा अझै कार्यरत एक सैनिकले भने –‘ गायिका दिपविमको स्वरको जादू र उनको रुपको वर्णनले मेरो मन शितल बनिरहन्छ ।’

गायिका दिपविम पहिल्लो समय अमेरिकाको सुन्दर सहर पोटल्याण्डमा बसोबास रहे पनि उनले रेडियो नेपालद्धारा आयोजित बाल गीत प्रतियोगितामा ६ बर्षको कलिलो उमेरमा सहभागि जनाउँदै संगीतको शिक्षा संगीत प्रशिक्षक शिलाबहादुर मुतmान , संगीता राणा प्रधान र गुरुदेव कमथबाट सांगीतिक यात्रा सुरुवात गरेकी बताईन् । उनले १३ बर्षको उमेर मै ‘सुरिलो रुख सल्लै हौ’ बोलको गीत रेडियो नेपालबाट रेकर्डिङ्ग गदै हरेक नेपाली श्रोताहरुको मन जित्न् सफल भएकी थिईन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...