Friday, June 2, 2017

बेलायतमा बनेको पन्जेबाजा गीतको भिडियो सार्वजनिक ( भिडियो )

लण्डन । बेलायतको बर्मिङहममा निर्माण गरिएको एक पन्जेबाजा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगीत मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक अशोक भट्टराईको ‘जोडौँ भो घरवार’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । यो पञ्चेबाजा गीतमा अशोक भट्टराई र सन्ध्या बुढाको आवाज सुन्न सकिन्छ । गीतको शब्द तथा लय संकलन महेन्द्र अधिकारीले गरेका छन् ।

बर्मिङहमस्थित मिडियाकर्मी टिका अधिकारीले छायांकन गरेको यो म्युजिक भिडियोको निर्देशन सुनिता तिवारीले गरेकी हुन् । यो भिडियोको सबै छायांकन बर्मिङहममै गरिएको थियो । बेलायतमा निर्माण भएको मौलिक नेपाली पन्जेबाजा गीतको यो भिडियोले नेपाली कला र संस्कृतिको प्रबर्दनमा सहयोग पुर्याउने विश्वास गायक भट्टराईले गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...